नेपालगञ्जमा जस्ने इमाम मेहदी (अ.स) को आयोजना
नुर मोहम्मद अन्सारी
नेपालगञ्जमा जस्ने इमाम मेहदी (अ.स) को आयोजना
नेपालगञ्जको डा. ज़ैनुल आबेदिन निवासमा फेब्रुअरी २०, २०२५ का दिन जस्ने इमाम मेहदी (अ.स) को विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमको शुभारम्भ मौलाना रिजवान खान नरैनापुरीले सुरह कौसर को तिलावतबाट गर्नुभयो। त्यसपछि एंकर डा. ज़ैनुल आबेदिनले इमाम मेहदी (अ.स) सम्बन्धी विभिन्न धर्मका ग्रन्थहरूमा उल्लेख गरिएको कुरा प्रस्तुत गर्नुभयो।
यस कार्यक्रममा भारत, बैंगलोरबाट विशेष अतिथि H.I.M डा. मौलाना आबिद अली मिर्जा साहब पनि उपस्थित हुनुहुन्थ्यो। उहाँले इमाम मेहदी (अ.स) को जीवनीबारे विशेष प्रवचन दिनुभयो।
कार्यक्रमको आयोजन डा. ज़ैनुल आबेदिनले गर्नुभएको थियो। प्रमुख अतिथि डा. नूर मोहम्मद अंसारी तथा विशेष अतिथि H.I.M डा. मौलाना आबिद अली मिर्जा साहब हुनुहुन्थ्यो। साथै, मौलाना रिजवान नरैनापुरी, एड्भोकेट अफजल हुसैन, पत्रकार आरिफ अंसारी, शायर सय्यद सरवर नेपाली, तथा सय्यद असफाक रसूल हाश्मी जस्ता गण्यमान्य व्यक्तिहरू कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमका प्रमुख अंशहरू:
✅ नात: अबु सहमा साहबले मधुर स्वरमा नात वाचन गर्नुभयो।
✅ बयान: डा. नूर मोहम्मद अंसारीले इमाम मेहदी (अ.स) को बारेमा प्रवचन दिनुभयो। र भानु भयो:- हजरत अबू सईद अल-खुद्री (र.अ) बाट वर्णित हदीसमा रसुलल्लाह (स.अ.व) ले भन्नुभएको छः
“मेहदी मेरो सन्तानबाट हुनेछ। उनको अनुहार चम्किलो हुनेछ, उनको नाक अग्लो र सुन्दर हुनेछ। उनी सात वर्षसम्म शासन गर्नुहुनेछ र पृथ्वीलाई न्याय र इन्साफले भरिदिनुहुनेछ, जसरी यो पहिल्यै अन्याय र अत्याचारले भरिएको थियो।”
(सुनन अबू दाऊद, हदीस: 4284)
हजरत अली (र.अ) बाट उल्लेख भएको अर्को हदीसमा छः
“रसुलल्लाह (स.अ.व) ले भने – मेहदी हम्बार (कुरैश) जातिबाट हुनेछ, उनी दुनियाँमा जब आउनेछन्, पृथ्वी अन्याय र अत्याचारले भरिएको हुनेछ। अनि उनी त्यसलाई न्याय, शान्ति र इन्साफले भरिदिनेछन्।”
(मुस्नद अहमद, हदीस: 645)
इमाम मेहदी (अ.S) को विशेषता
• न्याय र इन्साफको पुनःस्थापना:
इमाम मेहदी (अ.S) को शासनमा हरेक व्यक्ति सुरक्षित हुनेछ, गरीबहरूलाई उनीहरूको हक प्राप्त हुनेछ, र अन्याय गर्नेहरू परास्त हुनेछन्।
• अत्याचारको अन्त्य:
हदीसहरूमा वर्णन गरिएअनुसार, जब पृथ्वी अन्यायले भरिन्छ, तब इमाम मेहदी (अ.S) को आगमन हुनेछ, र उहाँ न्याय स्थापना गर्नुहुनेछ।
• इस्लामको पुनर्जागरण:
इमाम मेहदी (अ.S) इस्लामलाई पुनः जीवन्त बनाउनुहुनेछ, इस्लामी शिक्षाहरूलाई व्यवहारमा ल्याउनुहुनेछ, र मानिसहरूलाई सत्य मार्गतर्फ फर्काउनुहुनेछ।
इमाम मेहदी (अ.S) को आगमनप्रति हाम्रो कर्तव्य
• इस्लामको मार्गदर्शनमा चल्ने प्रयास गर्नु।
• अन्यायविरुद्ध उभिने हिम्मत राख्नु।
• सदैव इन्साफ र सत्यको पक्षमा रहनु।
• इमाम मेहदी (अ.S) को आगमनको लागि प्रार्थना गर्दै, आचरणमा सुधार ल्याउनु।
• जब अन्यायको अन्धकार गहिरो हुन्छ,
सत्यका मार्गहरू ओझेलमा पर्छन्।
त्यस बेला आउनेछन् मेहदी (अ.स),
न्यायको किरण बनेर, उज्यालो छर्दै।
पीडितका आँसुहरू सुन्ने कोही थिएन,
निर्दोषहरूको करुणा बेअर्थ थिए।
तर समय फेरिनेछ, न्याय बोल्नेछ,
जब इमाम मेहदी (अ.स) को आदेश चल्नेछ।
शान्ति फेरि यो दुनियाँमा फैलिनेछ,
हक र इन्साफको दीप बल्नेछ।
सारा अन्यायका बादल हट्नेछन्,
जब मेहदी (अ.स) को नूर चम्किनेछ।
“इन्तजार गर, सत्यको विजय अवश्य हुनेछ!”
असगर-बसगर सबका सहारा,
मौला अली नाव चलइया।
गहिर ग्यान के दरिया मा,
हर डूबा का पार लगइया।।
हिम्मत, हौसला जिनका गहना,
शेर-ए-ख़ुदा के नाम से जाना।
हक के राह के मशाल वही,
जिनसे दुनिया ने नूर माना।।
नबी के दिल के चिराग अली,
कौने ख्वाजा से कम हैं का?
जब तलवार उठाईं मैदाने मा,
फिर कोई दूजा दम हैं का?
मौला अली के नाम लइके,
हर दुख-सुख सह लेबई हम।
बस दुआ यही सब की पूरी,
कि मौला से मिल जाइब हम।।
मौला अली के जलवा देखे,
दुनिया भर के नूर बुझाई।
जौन अली के चाहत राखे,
ओके हर मुश्किल शरमाई।।
बदर, ओहद अउँ खैबर मा,
मौला के जलवा चमकल ह।
जौन अली के नाम लेई,
ओकर नसीबा दमकल ह।।
नबी के दिल के करार अली,
इल्म के दरिया, नूर के खान।
सब पर मौला करम करत हैं,
रहमत उनकर, बड़ा एहसान।।
ख़ुदा के शेर, हुसैन के बाबा,
फकीरन के दाता कहाईं।
जेहके मौला अली मिल जाईं,
ओहके दुनिया सिर झुकाईं।।
कर्बला में ललकारल युद्ध छिड़ल, धर्म खातिर इमाम हुसैन लड़ल। साँचो रास्ता के खोजत गेल, शहादत के राह पर जाके पलटि देल।
पानी के बिना, सगरो हिम्मत संग, ईमान के खातिर ऊ लड़ल रहल। धर्म के खातिर देल अपन प्राण, इमाम हुसैन अ.स. के शहादत महान।
सत्य आ धर्म के छेक के लेल, इमाम हुसैन अ.स. अपन जान देल। हम सबके याद राखल जायत, उनकर हिम्मत सदिखन बढैत।
✅ कसीदा: खु्मर साहबले “हाले ग़म सुनाएंगे जब इमाम आएंगे” नात वाचन गर्नुभयो।
✅ शायरियाँ:
• शाद साहबले पनि “हाले ग़म सुनाएंगे जब इमाम आएंगे” नात पठन गर्नुभयो।
• इन्टरनेशनल पत्रकार जनाब मोहम्मद आरिफ अंसारीले शायरी र नात प्रस्तुत गर्नुभयो। उहाँले “मिठा मिठा है मेरे मोहम्मद का नाम” नात वाचन गर्नुभयो।
• एड्भोकेट अफजल हुसैन साहबले इमाम मेहदी हुसैन (अ.स) को सम्मानमा शायरी प्रस्तुत गर्नुभयो।
• इन्टरनेशनल शायर, खतीब तथा ट्रान्सलेटर जनाब सय्यद सरवर नेपाली साहबले शायरी प्रस्तुत गर्नुभयो।
• शायर एवं समाजसेवी मदरसा बोर्डका अध्यक्ष हाजी कादिर अंसारी साहबले “खामोश है तो दीन की पहचान है अली” मन्कबत वाचन गर्नुभयो।
• जनाब सय्यद असफाक रसूल हाश्मी साहबले “अली अली हम किया करेंगे” नात प्रस्तुत गर्नुभयो।
कार्यक्रम इमाम मेहदी (अ.स) को सम्मानमा समर्पित रह्यो, जसमा नात, शायरी, तथा प्रवचनहरू प्रस्तुत गरियो।



