३२ असार २०८३, बिहीबार

नेपाल हिन्दु रास्ट्र , राजासहितको प्रजातन्त्रको माग

एसीपी संवाददाता

९ फाल्गुन २०८१, शुक्रबार ०७:२० मा प्रकाशित

काठमाडौं :  प्रतिनिधि सभाको बैठकमा राजासहितको प्रजातन्त्रको माग गरिएको छ। कांग्रेस र एमालेले संविधान संशोधनको विषय उठाएसँगै राप्रपाका सांसद धवल शमसेर जबराले आजको बैठकको आकस्मिक समयमा बोल्दै राजासहितको प्रजातन्त्रको माग गरेका हुन्।

उनले नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा नगरे जनताले आन्दोलन गर्ने जानकारीसमेत गराए। ‘भारतमा ठूलो हंगामा भएको छ। नेपाल सरकारले चासो देखाएको छैन। बल्ल हामी बुझिरहेका छौं। जनआन्दोलन १ र २ मा नेपाललाई किन धर्मनिरपेक्ष राष्ट्र बनायो भन्ने कुरा खुल्न आइरहेको छ। यसको दोषी को हुन् छानबिन हुनुपर्‌यो।’ राणाले थपे, ‘अब म यो प्रतिनिधि सभालाई विनम्र अनुरोध गर्न चाहन्छु कि ९४ प्रतिशत हामी ॐ कार परिवार बसोबास गर्ने राष्ट्रलाई यो कुरा कसैको चित्त बुझेको छैन। र पुन: यो राष्ट्रलाई धर्म सापेक्ष नेपाल अधिराज्य अर्थात राजासहितको प्रजातन्त्रमा प्रवेश गर्नका लागि यो प्रतिनिधिसभासित आग्रह गर्न चाहन्छु।’

धेरै समय नभएको बताउँदै उनले जनता चुपलागेर बस्ने अवस्था नरहेको बताए। उनले जनताले आन्दोलन गर्ने र अन्यायलाई जनताले सुधार्ने धारणा राखे।  अन्नपूर्ण पोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x