३२ असार २०८३, बिहीबार

जिल्लामा विजयी ७ वटा पालिकाका प्रमुख र उपप्रमुखलाई पत्रकारहरुबीच राखेर बाँके कांग्रेसले ढाई वर्षको कार्यकालको समिक्षा

एसीपी संवाददाता

१० फाल्गुन २०८१, शनिबार १५:३९ मा प्रकाशित

स्थानीयतहका जनप्रतिनिधिहरुबाट प्राप्त प्रगति विवरण सार्वजनिक गर्दै कांग्रेस बाँकेका सभापति नारायण गौडेलले नागरिकको आँखामा जनप्रतिनिधिहरुको कामका बारेमा प्रश्न गर्न पत्रकारहरुलाई आग्रह गरेका थिए । उनले राम्रो काम गर्ने स्थानीयका प्रमुख उपप्रमुख भबिष्यमा सम्मान गर्ने बताउदै स्थानीय निकायहरूले गरेका कामहरू पत्रकार माझ ल्याउने उद्देश्यका साथ पत्रकार भेटघाट कार्यक्रम गरेको स्पष्ट पारे । कार्यसम्पादनमा कांग्रेस नेतृत्वको राप्तीसोनारी जिल्लामा प्रथम भएकोमा बधाई दिँदै गौडेलले कार्यसम्पादनमा पछि परेका पालिकाका जनप्रतिनिधिलाई एक हप्ताभित्र सुधारको सूचक बनाउन निर्देशन दिए । उनले पार्टीले निरन्तर कांग्रेसबाट जितेका जनप्रतिनिधिको निगरानी गरिरहेको जनाउँदै जनताले अनुभूत गर्ने गरि काम गर्न पालिकाका प्रमुख र उपप्रमुखहरुलाई आग्रह गरे ।

पत्रकारहरुबाट लगातार कार्यसम्पादनको प्रश्न उठेपछि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट भने कार्यक्रम छाडेर हिँडेका थिए । हालै सार्वजनिक भएको कार्यसम्पादन मूल्यांकनमा नेपालगन्जले ४६.९ अंक प्राप्त गर्दै जिल्लामा छैटौं स्थानमा रहेको छ । मूल्यांकनमा जिल्लागत तहमा राप्तीसोनारीले ६० अंक प्राप्त गरेको छ भने बैजनाथ गाउँपालिकाले ५९.३ अंक सहित दोस्रो, खजुरा गाउँपालिका ५८ अंक सहित तेस्रो, डुडुवा ५१.५ अंक सहित चौथो, नरैनापुर ४८.७ अंक सहित पाँचौ, नेपालगन्ज ४६.९ अंक सहित छैटौं, जानकी ४३.३ अंक सहित सातों र कोहलपुर ३५ अंक सहित आठौं स्थानमा रहेको छ ।

कार्यक्रममा पालिकाका प्रमुख तथा उपप्रमूखहरुले आ आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए । पत्रकार भेटघाटमा कोहलपुर नगरपालिका मेयर पुर्णप्रसाद आचार्यले कोहलपुर क्षेत्रलाई गुणस्तरी शिक्षालाई मुलमन्त्र मानेर शैक्षिक गुणस्तर सुधारमा बिगतको परीक्षा प्रणाली क्रमभंग गरिएको दाबी गरे । उनले कोहलपुर नगरलाई पर्यटनको हब बनाउन कोहलपुरको पिपरीमा जैबिक पार्क निर्माण गरिएको जनाउँदै कोहलपुरका प्रत्येक वडामा सडकको पहुचका लागि ५ किलोमिटर पिच,२० किलोमिटर ग्राबेल निर्माण गरिनुका साथै ७ किलोमिटर पक्की नाला,१५ किलो मिटर कच्ची नाला निर्माण गरिएको विवरण सुनाए ।

डुडुवा गाउपालिका अध्यक्ष नरेन्द्र चौधरीले नेपाल कै सबै भन्दा ठुलो दुुग्घउत्पादन हुने गाउँपालिका बनाउने योजनाका साथ पालिकाले काम गरिरहेको जानकारी दिए । नेपालकै बढी आलु उत्पादनको लक्ष्यसहित सितभण्डार र बजारिकरणको योजना बनाइएको उनले बताए ।

अध्यक्ष चौधरीले ०७६ साउन १ गतदेखि कन्या शिक्षा मुद्दती योजना अनतर्गत छोरी जन्मिने वित्तिकै उनको नाममा पालिकाले बैंकमा १० हजार रुपैयाँ जम्मा गरिदिने र एसईई गरिसकेपछि २० बर्षपछि मात्र निकाल्न पाइने व्ष्वस्था गरिएको बताए । । बालिकाको अभिभावकको मृत्यु भएमा ५ लाखको शैक्षिक बीमा पनि पालिकाले गरिदिएको उनले बताए ।

सोहि कार्यक्रममा बैजनाथ गाउपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले पत्रकारहरुलाई बोलाएर कामको जानकारी दिने नभएर आफै आएर खोज रिपोर्टिङ गर्न सुझाव दिए । ‘पत्रकारलाई बोलाएर होइन, आफै आउनु पर्छ,’ उनले भने, ‘राम्रो भए राम्रो, नराम्रा भए नराम्रो लेख्नु पर्छ ।’

राप्ती सोनारी गाउपालिका अध्यक्ष तप्त पौडेलले गाउपालिकाले स्वास्थ ,शिक्षा,खेलकुद, कृषि पशुपालन, महिला र बालबालिका ,सडक पुर्वाधार तथा बिद्युतलाई प्राथमिकता साथका काम गरिरहेको बताए

खजुरा गाउपालिका उपप्रमुख मन्जु मल्लले निर्वाचनमा जारी घोषणापत्रलाई आफुले नभुलेको बताउँदै आफुले जनतालाई दिएको बाचा अनुसार काम गरिरहेको बताईन ।

बाँकेमा राप्ती सोनारी, डुडुवा, बैजनाथ, नेपालगन्ज, कोहलपुर र जानकीमा नेपाली कांग्रेसको नेतृत्वको स्थानीय सरकार रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x