३२ असार २०८३, बिहीबार
गावर भ्याली पार्कमा +2 छात्र-छात्राहरूको स्वागत कार्यक्रम सम्पन्न
नेपालगञ्ज – ६ औँ ब्याच को +2 विद्यार्थीहरूको स्वागतार्थ गावर भ्याली पार्कमा भव्य कार्यक्रम आयोजना गरिएको थियोे । कार्यक्रममा शिक्षकहरू, विद्यार्थीहरू र अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको उज्ज्वल भविष्यप्रति संस्थाको प्रतिबद्धता बारेमा आफ्नो मन्तव्य राख्नु भयो । आयोजक आइडियल पब्लिक सेकेन्डरी स्कुलले नयाँ विद्यार्थीहरूको आगमनलाई गर्वका साथ स्वागत गर्दै उनीहरूलाई अध्ययनमा उत्कृष्टता हासिल गर्न प्रेरित गरे।
“अल्लाहले आफ्नो अपार कृपा वर्षाउनुहोस र उनीहरूको भविष्य उज्ज्वल बनाउनुहोस,” आयोजकहरूले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रेरणादायी भाषण, साँस्कृतिक प्रस्तुति तथा अन्तरक्रिया समावेश गरिएको थियो, जसले उपस्थित सबैका लागि यस दिनलाई अविस्मरणीय बनायो।

Subscribe
Login
0 Comments



