१७ भाद्र २०८३, बुधबार

प्रहरी कल्याण कोष पेट्रोल पम्प उद्‌घाटन कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

१२ फाल्गुन २०८१, सोमबार ११:५९ मा प्रकाशित

फागुन १२ –  नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा बाँके जिल्लाको कोहलपुर स्थित रहेको प्रहरी कल्याण कोष पेट्रोल पम्पको समुद्घाटन कार्यक्रम सु-सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपालगंज उप-महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टज्यू, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. दान बहादुर कार्कीज्यू, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालज्यू, राप्तिसोनारी गा.पा.का अध्यक्ष तप्त पौडेलज्यू, लुम्बिनी प्रदेश प्रहरी अस्पताल प्रमुख प्र.ब.उ. दिपा न्हुच्छे प्रधानज्यू, प्र.ब.उ. राजेन्द्र प्रसाद धमलाज्यू, बाँके जिल्ला स्थित सुरक्षा निकायका प्रमुखज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, पूर्व प्रहरी कर्मचारीज्यूहरु, नेपाल पेट्रोल एसोसियसनका अध्यक्ष, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष, बिभिन्न स्थानिय तहका जन प्रतिनिधिज्यूहरु, बिभिन्न संघ सस्थाका प्रमुख एवं पदाधीकारीज्यूहरु, मिडियाकर्मी लगायत भद्र भलाद्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा यस जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीज्यूले स्वागत मन्तब्य राख्नु भएको थियो भने प्र.ना.उ. ईन्जिनियर रोशन सारुले निर्माण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन पश्चात बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालज्यू , नेपालगंज उप-महानगरपालिका प्रमुख प्रशान्त बिष्टज्यूले आफ्नो भनाई ब्यक्त गर्नु भएको थियो । त्यस पश्चात प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरज्यूले सम्बोधन गर्नु भई प्रहरी पेट्रोल पम्पको उत्तरोत्तर प्रगतीको कामना समेत ब्यक्त गर्नु भएको थियो । अन्त्यमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नयव महानिरीक्षक दान बहादुर कार्कीज्यूले प्रहरी महानिरीक्षकज्यूलाई कृतज्ञताको चिनो प्रदान गरी आफ्नो धन्यवाद् मन्तब्य सहित कार्यक्रम सम्पन्न भएको थियो ।


0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x