३२ असार २०८३, बिहीबार

प्रचण्ड आउने दिन विद्यालय बन्द गर्न माओवादीको पत्र

एसीपी संवाददाता

१३ फाल्गुन २०८१, मंगलवार ०७:५० मा प्रकाशित

विराटनगर । नेकपा माओवादी केन्द्रले सोमबारदेखि झापाको कचनकवलबाट सुरु गरेको भएको जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ का क्रममा सभा गर्न विद्यालय बन्द गर्न दबाब दिएको छ ।

अभियानका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा रहेका विद्यालय मंगलबार हुने भनिएको जागरण सभामा ध्वनि प्रदुषण हुने भन्दै विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको हो ।

माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गा बहादुर कार्कीले कार्यक्रमस्थल वरिपरिका विद्यालयलाई पत्र नै पठाएर विद्यालय बन्द गर्न दबाब दिएका हुन् । उनले विद्यालयलाई लेखेको पत्रमा कानेपोखरी–६ रमाइलोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतको उपस्थितिमा वृहत जनसभा हुने उल्लेख छ ।

उक्त जनसभाका कारण सवारी साधन अत्याधिक भई यातायातमा समस्या आउने, उच्च ध्वनि भएका ध्वनियन्त्र प्रयोग हुने उल्लेख छ ।

जसका कारण विद्यार्थीहरूलाई ध्वनि प्रदुषणको समस्या हुने भन्दै ‘एक दिन विद्यालय बिदा गरी कार्यक्रमलाई आवश्यक सहयोग गरिदिन हार्दिक अनुरोध गर्दैछौँ’ भन्दै दबाब दिइएको हो ।

माओवादी कानेपोखरीका अध्यक्ष कार्कीले रमाइलो बजारस्थित रमाइलो बालजगत इङ्ग्लिस बोर्डिङ स्कुल, पल एकेडेमी र माउन्ट हर्मोन एकेडेमीलाई पत्र पठाएर विद्यालय बन्द गर्न भनेको हो । नेपालप्रेस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x