१४ आश्विन २०८३, बुधबार

कोरोनाका भाईरसका कारण भेरी अस्पतालमा थप एकजनाको आइतवार निधन

एसीपी संवाददाता

२८ मंसिर २०७७, आईतवार ०२:५४ मा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । नेपालगन्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय विष्टको उचपारका क्रममा भेरी अस्पतालमा आइतवार निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि विष्टले २४ गते कोरोना परीक्षणका लागि नमूना दिनुभएको थियो । त्यसको भोलिपल्ट २५ गते पोजेटिभ रिपोर्ट आयो । उहाँ २६ गते भेरी अस्पताल भर्ना हुनुभयो । कडा खाले कोभिडका कारण उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

रोगको प्रकृतिअनुसार, सबै प्रकारको उपचार गर्दा गर्दै विष्टको विहान ३ः३० बजे निधन भएको हो । विष्ट २०५० सालबाट शिक्षा सेवामा प्रवेश गर्नुभएको थियो । २०५० सालमा जाल्पादेवी मावि ढाँकु अछामबाट उहाँले शिक्षण पेशा सुरु गर्नुभएको थियो । त्यसको एक दशकपछि उहाँले निजामति सेवामा प्रवेश गर्नुभएको नवीनले बताउनुभयो ।

उहाँको निधनले शिक्षा क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको जिल्ला समन्वय इकाइका प्रमुख रामसुरेश यादवले बताउनुभयो । विष्टको निधनप्रति जिल्लाका शिक्षक संघसंगठनहरुले पनि दुःख व्यक्त गरेका छन् । स्थायी घर अछाम भएपनि उहाँ पछिल्लो समय नेपालगन्जमै बस्दै आउनुभएको थियो । उहाँका श्रीमति, तीन छोरा र एक छोरी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x