अवधी पत्रकार संघमा नवनिर्वाचित अध्यक्ष सल्मानी सम्मानित
नेपालगन्ज – अवधी पत्रकार संघ नेपाल बाँके जिल्ला शाखाको अध्यक्षमा निर्वाचित समीर अलि सल्मानीलाई सम्मान गरिएको छ । नेपालगन्ज स्थित नेपाल प्रेस इन्स्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जद्वारा नेपालगञ्जमा सञ्चालित भेरी एफ.एम. १०५ थोप्लो ४ मेगाहर्जका स्टेशन प्रमुख तथा सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)का केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारी आज आफ्नो कार्यालयमा नव निर्वाचित अध्यक्ष सल्मानीको स्वागत तथा सम्मान गर्नु भएको हो । प्रमुख अन्सारीले आउने दिनमा अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । नव निर्वाचित अवधी भासी पत्रकारहरुलाई सक्रिय रूपमा कार्य गर्ने सुझाव दिनु भयो । अध्यक्ष सल्मानी लाई आफ्नो जिल्ला कार्य समिति लाई परिचालन गरेर अवधी पत्रकार युवाहरुलाई थप जागरुक बनाउने अभियानमा लाग्ने सुझाव दिनु भयो ।



