३२ असार २०८३, बिहीबार

प्रजनन स्वस्थ अधिकार र अपाङ्गता मैत्री स्वस्थ्य सेवा सम्बन्धी स्वास्थ्य तालिम सम्पन्न

एसीपी संवाददाता

१५ फाल्गुन २०८१, बिहीबार १५:५० मा प्रकाशित

बाँके युनेस्को क्लब र मधुवन नगरपालिका स्वास्थ्य शाखा को संयुक्त आयोजनामा साथै प्लान इन्टरनेशनल सँगको साझेदारीमा “ सशक्त बालिका परियोजना अन्तर्गत बर्दियाको मधुवन नगरपालिकामा योन तथा प्रजनन स्वस्थ अधिकार र अपाङ्गता मैत्री स्वस्थ्य सेवा सम्बन्धी स्वास्थ्य सेवा प्रदायकहरूलाई तालिम सम्पन्न गरिएको छ । 

यस तालिममा स्वास्थ्य इकाइ, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रका गरी जम्मा १९ जना सहभागीहरूले सक्रिय सहभागिता जनाएका हुन । तालिमको मुख्य उद्देश्य अपाङ्गता, किशोर मैत्री सेवा, किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, यौन तथा प्रजनन   स्वास्थ्य सेवामा पहुँचका साथै सेवा लिन आएका बिरामीहरूले सुरक्षित र अपाङता मैत्री वातावरणमा उपचार प्राप्त गर्ने, बालमैत्री स्वास्थ्य सेवा, किशोर-किशोरीहरू माथिको हिंसा, बाल विवाहका कारण, प्रभाव र रोकथाममा स्वास्थ्य संस्थाहरूको भूमिकाबारे प्रशिक्षक कमल भट्टराईले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमको समापन सत्रमा बोल्दै स्वास्थ्य इकाइ प्रमुख गीता घिमिरेले किशोर मैत्री स्वास्थ्य सेवामा पहुँच बढाउन तथा समुदाय स्तरमा चेतना कार्यक्रम सञ्चालन गर्न योजना निर्माणको आवश्यकता रहेको कुरामा जोड दिनुभयको थियो साथै, उहाँले अपाङ्गता मैत्री स्वास्थ्य सेवाको महत्त्व समुदाय स्तरमा अझ बढी हुनुपर्नेमा प्रकाश पार्नुभयो।

कार्यक्रममा स्वास्थ्य इकाइका मणि आचार्य , कर्यक्रम सन्योजक गोविन्द प्रसाद लामिछाने, कार्यक्रम अधिकृत ईश्वर बिक र फिल्ड कर्मचारी मिनु थारु समेतको उपस्थिति रहेको थियो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x