३२ असार २०८३, बिहीबार

नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

एसीपी संवाददाता

१५ फाल्गुन २०८१, बिहीबार १६:२० मा प्रकाशित

नेपालगन्ज –  नेपालगन्जमा नेपाल मुस्लिम इत्तिहाद संगठनको केन्द्रिय महाधिवेशन वैशाख २० र २१ गते नेपालगन्जको मेरो प्लानेट मा हुने भएको छ ।  नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन सम्बन्धी पत्रकार सम्मेलन आज नेपालगन्जस्थित सुनाखरी कटेज मा सम्पन्न भएको छ।
पत्रकार सम्मेलनमा संगठनका पदाधिकारीहरूले महाधिवेशनको तयारी, उद्देश्य र महत्वबारे जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न सम्माननीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो, जसमा प्रमुख अतिथिका रूपमा माननीय सुर्य ढकाल, लेखा आयोगका सदस्य विजय ढकाल, संगठनका नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपाल मुस्किल इत्तेहाद संगठन इन्चार्ज  मो. हारुन , बाबु हलवाई, मदरसा बोर्ड लुम्बिनी प्रदेशका  सदस्य  सगीर खान, नेपाल पत्रकार महासंघका अध्यक्ष नविन गिरि , महासंघका सचिव कृष्ण ,  प्रेस चौतारी बाँकेका अध्यक्ष देवेन्द्र पौडेल, सदस्यहरू युवराज पाण्डे र विष्णु बेलबासे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रुद्र सुवेदी, वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासघ पूर्व अध्यक्ष निरज गौतम, लुम्बिनी प्रदेश समिति सदस्यहरू, सामुदायिक रेडियोका मो. आरिफ अन्सारी, फोनिज लुम्बिनी प्रदेशका अध्यक्ष गजेन्द्र गुरुङ  तथा प्रेस युनियन बाँकेका अध्यक्षलगायतको उपस्थिति रहेको थियो।
पत्रकार सम्मेलनमा बोल्दै नेताहरूले नेपाल मुस्लिम इत्तेहाद संगठनले विगतदेखि नै मुस्लिम समुदायको हकअधिकार, सामाजिक तथा राजनीतिक सशक्तीकरणका लागि भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। साथै, आगामी महाधिवेशनमा नेकपा (एमाले) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने र पार्टी महासचिव शंकर पोखरेल विशेष अतिथिको रूपमा उपस्थित हुने जानकारी दिइयो।
महाधिवेशनमा ४२ जिल्लाबाट ६ सयभन्दा बढी प्रतिनिधिहरू को सहभागिता रहने बताइएको छ। संगठनका नेताहरूले बाँकेबासी, बुद्धिजीवी, पत्रकार तथा अन्य संघसंस्थाहरूलाई कार्यक्रमलाई भव्य र सफल बनाउन सहयोग र सहभागिताको लागि अपील गरेका छन्।
नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन वैशाख २०-२१ गते नेपालगन्जमा हुने नेपाली मुस्लिम समुदायको पहिचान र अधिकार प्राप्तिका लागि स्थापित राजनीतिक संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन को केन्द्रीय महाधिवेशन यही २०८२ वैशाख २० र २१ गते नेपालगन्जको मेरो प्लानेट मा हुने भएको छ।
संगठनका पदाधिकारीहरूका अनुसार, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जनवर्गीय संगठनको रूपमा २०४८ सालमा स्थापना भएको यस संगठनले समुदायको हकअधिकार, सामाजिक तथा आर्थिक विषयमा पैरवी गर्दै आएको छ। संगठनले पार्टीको नीति, विचार तथा सिद्धान्त मुस्लिम समुदायसम्म पुर्‍याउने कार्य गरिरहेको बताइएको छ।
केन्द्रीय महाधिवेशनको उद्घाटन नेकपा (एमाले) का केन्द्रीय अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ भने विशेष अतिथिका रूपमा पार्टी महासचिव शंकर पोखरेल उपस्थित हुनेछन्। संगठनका अनुसार अधिवेशन सफल बनाउन १३ वटा उपसमितिहरू क्रियाशील रहेका छन्।
नेपालगन्जमा हुन लागेको यस ऐतिहासिक अधिवेशनमा ४२ जिल्लाबाट ६ सयभन्दा बढी प्रतिनिधिहरू को सहभागिता रहनेछ।
यस ऐतिहासिक कार्यक्रमलाई भव्य बनाउन नेपालगन्जवासी, पत्रकार, बुद्धिजीवी तथा विभिन्न संघसंस्थासँग हार्दिक अपील गरिएको छ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x