राजा सहितको हिन्दु राष्ट्रका लागि फागुन १९ गते बृहत मोटरसाइकल -याली
रिसभ सिंह वाडिया , नेपालगन्ज – राजा सहित हिन्दु रास्ट्रको स्थापना गराउनका लागि दबाव स्वरूप नेपालगन्ज उपमहानगरपालिकामा फागुन १९ गते बृहत मोटरसाइकल -याली हुने आयोजक राष्ट्र वादी जनताले जनाएका हुन ।
राजा सहितको हिन्दु रास्ट्र नेपालको पुनःस्थापनाका लागि बृहत मोटरसाकल र्यालीको आयोजना हुने कार्यक्रममा सम्पूर्ण हिन्दु वादी सस्थाहरुको उपस्थितिमा उक्त निर्णय भएको हो । नेपालगन्जलाई जुरुक्क उठाउ र जगाउ उद्देश्यका साथ हिन्दु अधिराज्य चाहने सम्पूर्ण पार्टी एक भएर र विभिन्न धार्मिक संगठन ,संघसंस्थाका प्रमुख , नेता , कार्यकर्ताहरुको उपस्थितिमा बृहत छलफल गरिएको हो । नेपालमा रहेका विभिन्न सनातन धर्म , हिन्दु राष्ट्र राजावादी संस्था को लागि कार्यरत संघसंस्था र उसमा आबद्ध पदाधिकारीहरुको उपस्थितिमा दबाव दिने उद्देश्यले बृहत मोटरसाइकल र्यालीको आयोजना हुन लागेको बताएका हुन । उक्त बैठकमा लुम्बिनी प्रदेश का मननिय मिना श्रेष्ठ , राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सहयक महामन्त्री ऋषिराज देवकोटा ,राप्रपा बाँकेका जिल्ला अध्यक्ष नरेन्द्र पौडेल , शिव सेना का केन्द्रिय अध्यक्ष किशोर लामा र शिव सेनाका कार्यकर्ता , राप्रपा बाँकेका नगर अध्यक्ष हुकुम केसी , बिश्व हिन्दु महिला परिषद नेपाल का अध्यक्ष कृष्ण देबी पानडे , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल का जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंह लगाएत राजावादी सस्था , राजावादी आस्थावान संघसंगठनका पदाधिकारीहरु सहभागी थिए ।राजावादी ब्यक्तित्वहरुसंग छलफल गरि र्यालीको आयोजना हुन लागेको आयोजकले जनाएको छ । छ्लफल कार्यक्रममा ब्यबस्था र अबस्था बदल्न एकजुट भएर कार्यक्रमको तयारीमा हामी सबै जना लागौ , सबैमिलेर एक पटक देशकोलागी जुटौ नाराका साथ बृहत र्याली आयोजना हुन लागेको आयोजकले जनाएको छ ।




