३२ असार २०८३, बिहीबार

नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मदरसा भ्रमण

एसीपी संवाददाता

१६ फाल्गुन २०८१, शुक्रबार २०:४६ मा प्रकाशित

सुनसरी, इनरुवा – नेपालका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संभवतः पहिलोपटक नेपालकै सबैभन्दा ठूलो मदरसा, दारुल नुरुल इस्लाम, इनरुवा को भ्रमण गर्नु भएको छ। यो भ्रमण नेपाली मुस्लिम समुदायका लागि ऐतिहासिक क्षण बनेको छ।

भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले मदरसा व्यवस्थापन, इस्लामिक शिक्षा प्रणाली, र मुस्लिम समुदायको समग्र स्थिति बारे जानकारी लिनु भएको थियो। यस अवसरमा मुस्लिम समुदायका अगुवाहरूले हालका अधिकारहरूको प्रत्याभूति गर्दै थप विशेष अधिकारका लागि सरकारलाई ध्यानाकर्षण गराए।

नेपालमा मुस्लिम समुदायले शिक्षा, रोजगारी, तथा सामाजिक विकासका क्षेत्रमा अझ प्रभावकारी नीतिहरूको अपेक्षा गरिरहेका छन्। यसै सन्दर्भमा अध्यक्ष प्रचण्डले समुदायका मागहरूलाई गम्भीरताका साथ लिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

यस ऐतिहासिक भ्रमणले नेपालमा धार्मिक तथा सांस्कृतिक सहिष्णुतालाई थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x