९ मंसिर २०८३, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरे

एसीपी संवाददाता

२१ फाल्गुन २०८१, बुधबार १२:१४ मा प्रकाशित

मार्च ५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कांग्रेसमा संयुक्त बैठकलाई सम्बोधन गरे । यस क्रममा कंग्रेसमा रिपब्लिकन र डेमोक्रेटहरूबिच तनाव स्पष्ट रूपमा देखिन्थ्यो । ट्रम्पले आफ्नो चुनावी जितको प्रशंसा र डेमोक्रेटहरूको आलोचना गरिरहेका बेला डेमोक्रेटिक सांसदहरूले हो–हल्ला गर्न थाले ।

भाषण सुरु गरेको केही समयपछि, ट्रम्प बीचमै रोकिनु पर्याे र सभामुखले ट्रम्पमाथि चिच्याइरहेका सिनेटर अल ग्रीनलाई बाहिर निकाल्न आदेश दिए । ग्रिनलाई सदनबाट बाहिर निस्केपछि मात्रै ट्रम्पले आफ्नो भाषण जारी राखे । यद्यपि, प्रतिनिधि सभाका धेरै डेमोक्रेटिक सदस्यहरूले आफ्नो टी–शर्ट र ब्लेजरमा ‘रेजिस्ष्ट’ लेखेका थिए । ट्रम्पको सम्बोधन बहिष्कार गर्दै उनीहरू सदनबाट बाहिर निस्किए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x