११ मंसिर २०८३, बिहीबार

काँग्रेस बाँकेद्वारा सरकारको विरोधमा सोमवार नेपालगञ्जमा प्रदर्शन

एसीपी संवाददाता

२९ मंसिर २०७७, सोमबार १२:३८ मा प्रकाशित

नेपाली काँग्रेस बाँकेले सरकारको विरोधमा सोमवार नेपालगञ्जमा प्रदर्शन गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रमअनुसार बाँकेमा पनि बिरोध प्रदर्शन गरिएको हो ।

दिउसो नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय कार्यालय अगाडी पुगेको थियो ।

जिल्लाका ८ वटै पालिकाबाट नेपालगञ्ज केन्द्रित भएका नेता कार्यकर्ताहरुले केपी ओली नेतृत्वको सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । काँग्रेस जिल्ला सभापति किरण कोइरालाको नेतृत्वमा गरिएको प्रदर्शनमा हजारौं कार्यकर्ता सहभागी भएको काँग्रेस बाँकेले दावी गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x