१७ भाद्र २०८३, बुधबार

११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वीपी चोकमा दिप प्रज्वलन

एसीपी संवाददाता

२३ फाल्गुन २०८१, शुक्रबार २२:५४ मा प्रकाशित

नेपालगन्ज – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार नेपालगन्जको वीपी चोकमा दिप प्रज्वलन गरिएको छ । ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार साँझ वीपी चोकमा दीप प्रज्वलन गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकास्तरीय महिला हिंसा निगरानी संजालका अध्यक्ष केशव कोइरालाको अध्यक्षतामा दीप प्रज्वलन कार्यक्रम गरिएको थियो ।

भोलि शनिबार अर्थात मार्च ८ सबै महिला र बालिकाहरुको लागिस् अधिकार, समानता र सशक्तीकरण भन्ने नाराका साथ ११५औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ ।

दिवसको अवसरमा शनिबार विहान ७ बजे नेपालगन्जमा प्रभातफेरिको आयोजना गरिएको नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पबित्रा कुमारी पुरीले जानकारी दिनुभयो ।

प्रभातफेरी अघि नेपालगन्ज उपमहानगरपालिका कार्यालयबाट प्रभातफेरि सुरु हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x