३२ असार २०८३, बिहीबार

महिला सशक्तिकरण सोच, व्यवहार र प्रश्तुतिमा देखिनुपर्छ : परराष्ट्रमन्त्री राणा

एसीपी संवाददाता

२४ फाल्गुन २०८१, शनिबार २३:२७ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिला सशक्तिकरण सोच, व्यवहार र प्रस्तुतिमा देखिनुपर्ने बताउनुभएको छ ।

शनिबार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री देउवाले परिवारमा महिलाको आवाज महत्वपूर्ण छ कि छैन भनेर खोजी गर्ने समय आएको बताउनुभयो । उहाँले महिलाले आफ्नो अधिकार आत्मविश्वासका साथ सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

परराष्ट्रमन्त्री डा. राणाले समानताको हिसावले महिलाले प्राप्त गरेको अधिकार आफूले उपभोग गरेको अनुभुति हुनु पर्ने बताउनुभयो । महिलाहरुले आफूप्रति सम्मान र आत्मविश्वाससहित अघि बढ्नु पर्नेमा जोड निुभयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x