३२ असार २०८३, बिहीबार

सिरियामा दुई दिनमा १ हजार बढीको मृत्यु

एसीपी संवाददाता

२५ फाल्गुन २०८१, आईतवार १४:४१ मा प्रकाशित

सिरियाको लताकिया र टार्टसमा सेना र पूर्व राष्ट्रपति बसर अल-असदका समर्थकहरूबीच विगत केही दिनदेखि झडप भइरहेको छ। यस हिंसाका कारण २ दिनमा १ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको सञ्चारमाध्यमहरुमा उल्लेख छ।

यो मृत्युको संख्या २०११ मा भएको सिरियाली गृहयुद्ध पछिको सबैभन्दा उच्च भएको सिरियामा भइरहेको युद्धको निगरानी गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको हो।

संस्थाका अनुसार पछिल्ला दुई दिनमा सुरक्षा बलले अलाविट मुस्लिम समुदायका ७४५ भन्दा बढी मानिसहरूलाई मारेको छ। तीमध्ये धेरैजसोलाई झुण्ड्याएर मारिएको जनाइएको छ। यसबाहेक १४८ जना असद समर्थक लडाकुहरू पनि मारिएका छन्। साथै यस हिंसामा १२५ सुरक्षाकर्मीको पनि मृत्यु भएको छ।

गत वर्ष डिसेम्बरमा भएको विद्रोहपछि बसर देश छोडेर रुस गएका थिए। यसपछि सिरियामा लडाकू संगठन हयात तहरीर अल-शाम (HTS) ले सत्ता आफ्नो हातमा लिएको थियो।

सिरियाली सरकारले असदप्रति वफादार लडाकुहरूले सुरक्षा बलमाथि आक्रमण गरेपछि हिंसा भड्किएको आरोप लगाएको छ। असदका लडाकुहरूले सुरक्षा बलमाथि आवासीय क्षेत्रहरूमा बमबारी गरेको आरोप लगाएका छन्।

रिपोर्टका अनुसार सुरक्षा बलले एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा झडप सुरु भएको थियो। यसपछि सरकारले लताकिया र टार्टसमा ठूलो संख्यामा सेना तैनाथ गरेको छ। साथै कर्फ्यू लगाउने आदेश पनि दिइएको छ।

लताकिया र टार्टस प्रान्तमा भएको हिंसाले अबु मोहम्मद अल-जुलानीको नेतृत्वमा रहेको सरकारलाई चुनौती दिएको छ। यी क्षेत्रहरू पूर्व राष्ट्रपति बसर अल-असदप्रति वफादार रहेका अलावाइट समुदायको गढ हुन्। गत वर्ष डिसेम्बरमा बसर अल-असदलाई सत्ताबाट हटाइएपछि सिरियामा भएको यो सबैभन्दा हिंसात्मक भिडन्त हो।अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x