आर्थिक शोषण विरुद्ध जनजागरण अभियानको धर्ना र ज्ञापन – पत्र
बाँके , नेपालगन्ज = आर्थिक शोषण विरुद्ध जनजागरण अभियान अन्तर्गत आइतबार मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन नेपाल पश्चिम कमाण्डले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएको छ । आइतबार ब्याज पीडितहरु नेतृत्व गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन – पत्र समेत बुझाएने छ ।आज विभिन्न जिल्ला बाट यस संगठनमा आबद्ध ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपाल बाँकेका अध्यक्ष जि नुरैन मुल्तमिस ( साहिल हल्वाई ) को नेतृत्वमा जिल्ला प्र्शासन कार्यालयमा धर्ना दिदै ज्ञापन – पत्र बुझाएको हो । वित्तीय शोषणबाट आजित पीडितहरुको बृहत् उपस्थितिमा आन्दोलनका कार्यक्रमहरु भएको हो । कार्यक्रममा केन्द्रीय सदस्य लगायत मिटर ब्याज पीडितहरुको उपस्थिती रहेको थियोे । ब्याज पीडित विरोधी गतिविधिका विरुद्ध ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण समेत गराएको बताए । आज शान्ति पुर्बक एक दिने धर्ना कार्यक्रम र जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन – पत्र बुझाएका हुन । ब्याज पीडित लाई न्याय देव , पुर्ब न्यायाधीशको नेतृत्वमा बनेको न्यायीक आयोगलाई सक्रिय बनाउन भन्दै दबाव मुलक धर्ना दिदै ज्ञापन पत्र दिएको हो ।




