समाजवादी मोर्चाको चैत १५ गते विरोध सभा
चार दल आवद्ध रहेको समाजवादी मोर्चाले आगामी चैत १५ गते विरोध सभा गर्ने भएको छ ।
राजतन्त्र पुनःस्थापनाको मागसहित काठमाडौंलगायतका प्रमुख सहरहरुमा राजावादीहरुको सक्रियता बढेसँगै समाजवादी मोर्चाले पुनः विरोध सभाको तयारी गरेको हो ।
लामो समयपछि मंगलबार बसेको मोर्चा बैठकले चैत १५ गते संयुक्त विरोधसभा गर्ने निर्णय गरेको हो । बैठकले गणतन्त्रलाई उल्ट्याउन राजावादीहरूले ठुलो प्रतिगामी षड्यन्त्र गरेको निष्कर्ष निकाल्दै आइतबार राजावादीको जुलुसलाई ठुलो घटना घटाउने कुचेष्टा भएको ठहर गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको बैठकले चैत २ गते बुद्धिजीवीसँग अन्तर्क्रिया गर्ने निर्णय पनि गरेको छ। सो अघि चैत १ गते पत्रकार सम्मेलन गर्ने र विरोधका कार्यक्रमलाई अन्तिमरुप दिन अपराह्नपछि मोर्चाको बैठक पुनः बस्ने सहमती पनि मंगलबारको बैठकमा भएको छ । नागरिकन्युज



