३२ असार २०८३, बिहीबार

दरबार हत्याकाण्डबारे छानबिन आयोग आवश्यक थियो, अहिले पनि छ – प्रचण्ड

एसीपी संवाददाता

१ चैत्र २०८१, शनिबार २३:०५ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डबारे आफूले बोलेका कुराहरू कुनै नयाँ दाबी नभएको स्पष्ट पारेका छन्।

शनिबार ललितपुरमा आयोजित समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा बोल्दै उनले दरबार हत्याकाण्डलगत्तै भूमिगत हुँदा वा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्दा पनि यसबारे आफूले उठाएको स्मरण गराए।

उनले भने, मैले पहिल्यै भनेको कुरा दोहोर्याएको मात्रै हुँ। पहिलो पटक गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि छानबिन आयोग आवश्यक छ भन्ने कुरा उठाएको थिएँ। अहिले नयाँ तथ्य वा प्रमाण आएको होइन, केवल जनतामा उठिरहेका प्रश्नलाई पुनः स्पष्ट गरेको हुँ।

जनताका प्रश्न मुखरित गरेको हुँ, नयाँ प्रमाण छैन

प्रचण्डले दरबार हत्याकाण्डबारेको आफ्नो पछिल्लो अभिव्यक्ति कुनै नयाँ खोज वा प्रमाणका आधारमा नभएको, बरु जनताका प्रश्नलाई मुखरित गर्न मात्रै गरिएको बताएका छन्।

उनले भने, यो नयाँ विषय होइन, जनताले यसबारे निरन्तर प्रश्न उठाइरहेका छन्। त्यसैले यसको उत्तर खोज्नुपर्छ भन्ने हिसाबले बोलेको हुँ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x