३२ असार २०८३, बिहीबार

राजावादी गतिविधि बढे पनि राजतन्त्र फर्किने कुनै सम्भावना छैन – प्रकाशमान सिंह

एसीपी संवाददाता

१ चैत्र २०८१, शनिबार २३:०९ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको गठबन्धन तत्कालीन परिस्थितिको बाध्यता रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ, पाल्पा शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै सिंहले आर्थिक र राजनीतिक अस्थिरताको कारण देश संकटतर्फ उन्मुख भएकाले गठबन्धन सरकार बनाउनु परेको स्पष्ट गरे।

उनले भने, “देशलाई अस्थिरताको भुमरीबाट जोगाउन कांग्रेसले सधैं अग्रसरता लिँदै आएको छ। अहिले पनि त्यही जिम्मेवारीबोधले एमालेसँग सहकार्य गर्नुपरेको हो। जनताले परिणाम चाहिरहेका छन्, त्यसैले अब कम बोल्ने र बढी काम गर्ने समय हो।”

फरक प्रसंगमा सिंहले सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई थप सुविधा दिन कुनै योजना नरहेको दाबी गरे।

राजतन्त्रको बहस निरर्थक, लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउनु पहिलो प्राथमिकता

राजावादी गतिविधिहरू बढ्दै गएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले राजतन्त्रबारे बहस गर्नु अहिले निरर्थक रहेको बताए।

उनले थपे, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था देशका लागि उपयुक्त छ। त्यसलाई सुदृढ बनाउन सबै राजनीतिक दलहरू एकजुट हुनुपर्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x