३२ असार २०८३, बिहीबार

फोटो जलाएको आधारमा कसैलाई गिरफ्तार गर्नु लोकतान्त्रिक मूल्य विपरीत हो – प्रचण्ड

एसीपी संवाददाता

२ चैत्र २०८१, आईतवार १९:०३ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले फोटो जलाएको आधारमा कसैलाई गिरफ्तार गर्नु लोकतान्त्रिक मूल्य विपरीत रहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै फोटो जलाउनु मात्रको कारणले गिरफ्तारी उचित नभएको उल्लेख गरे।

उनको यो टिप्पणी प्रहरीद्वारा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई पक्राउ गरिएपछि आएको हो।

बमले शनिबार हेटौंडामा दाहालको तस्बिर जलाएका थिए। उनले सिन्धुपाल्चोकमा पूर्व राजा लक्षित दाहालको अभिव्यक्तिप्रति असहमति जनाउँदै विरोध स्वरूप यस्तो गरेको बताएका थिए। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x