३२ असार २०८३, बिहीबार

मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने एमालेको निष्कर्ष

एसीपी संवाददाता

३ चैत्र २०८१, सोमबार १७:४७ मा प्रकाशित

नेकपा एमालेले मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले बिशेष प्रस्ताव पारित गर्दै प्राप्त उपलव्धीहरुलाई अस्वीकार गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने जनाएको हो ।

केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेको बिशेष प्रस्तावमा उल्लेख छ । बैठकले मुलुकको परिवर्तन उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

२१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैंमा हास्यास्पद, हानिकारक र निरर्थक हो भन्नेमा बैठकले विशेष जोड दिइएको ज्ञवालीले बताए । त्यस्तै बैठकले लुम्विनी एमाले प्रदेश कमिटीले अनुमोदनका लागि पठाइको प्रदेशमा थप गरिएका २८ जना सदस्यहरुको नाम अनुमोदन गरेको ज्ञवालीले जानकारी गराए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x