३२ असार २०८३, बिहीबार
वाकाथन कार्यक्रमको उद्घाटन स्वास्थ्यमन्त्री पौडेल आउँदै
बाँके। नेपालगन्जमा यही चैत ९ गते आयोजना हुने वाकाथन कार्यक्रमको उद्घाटन स्वास्थ्यमन्त्री प्रदिप पौडेलले गर्ने भएका छन्। नेपाल चिकित्सक भेरी शाखाका अनुसार कार्यक्रममा स्वास्थ्य सचिवको पनि सहभागिता रहनेछ।
नेपालगन्जको गणेशमान चोकबाट सुरु हुने वाकाथन वीरेन्द्र चोक (धम्बोझी चोक) हुँदै पुनः गणेशमान चोकमा पुग्नेछ। कार्यक्रम बिहान ७ः३० बजे सुरु हुनेछ।
स्वास्थ्य सचेतना विस्तार गर्ने, नेपालगन्जका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने र आम नागरिकलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यले “स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ” भन्ने मूल नाराका साथ वाकाथन आयोजना गरिएको हो।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले वाकाथनलाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Subscribe
Login
0 Comments



