११ मंसिर २०८३, बिहीबार

अध्यादेश असंवैधानिक छ तत्काल खारेजी हुनुपर्छ-शर्मा

एसीपी संवाददाता

३० मंसिर २०७७, मंगलवार १०:४७ मा प्रकाशित

राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेलगत्तै सत्तारुढ दल नेकपाका नेताहरुले आपत्ति जनाएका छन् । अध्यादेश असंवैधानिक भएको भन्दै उनीहरुले तत्काल खारेजीको माग गरेका हुन् ।

स्थायी कमिटी सदस्य जनार्दन शर्माले भनेका छन्, ‘फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटोबाहेक केही हुन सक्दैन । हतास मनस्थितिबाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।’
अध्यादेश जारी गरेलगत्तै अध्यक्ष पुष्पकमल दाहालले पनि आपत्ति जनाएका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो ।

गत वैशाखमा पनि संवैधानिक परिषद् र दल विभाजनसम्बन्धी अध्यादेश आएपछि नेकपाभित्र विवाद भएको थियो । चौतर्फी विरोधपछि सरकारले अध्यादेश फिर्ता लिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x