३२ असार २०८३, बिहीबार

जनकपुरधाममा बृहत इफ्तार तथा ईद मिलन कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

१० चैत्र २०८१, सोमबार ०७:१९ मा प्रकाशित

जनकपुरधाम,– जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३, लादो निवासी मो. अजीज राईनको तर्फबाट आज बृहत इफ्तार तथा ईद मिलन कार्यक्रमको आयोजना गरियो।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर लाल किशोर साह, प्रदेश सभा सदस्य माननीय जैनुल राईन, माननीय फूल बाबू शेख लगायत जनकपुरधामका विभिन्न धर्मका प्रतिष्ठित युवा तथा समाजसेवीहरू उपस्थित थिए।

उक्त इफ्तार पार्टी भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरूलाई आउँदै गरेको ईदको मुबारकबाद दिइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x