३२ असार २०८३, बिहीबार

राजावादीहरूको कार्यक्रम र प्रदर्शनस्थल तनावग्रस्त

एसीपी संवाददाता

१४ चैत्र २०८१, शुक्रबार १५:१५ मा प्रकाशित

घम्साघम्सीका कारण प्रहरीले अश्रु ग्याँस प्रहार गरेपछी काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको कार्यक्रम र प्रदर्शनस्थल तनावग्रस्त । प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित समूहले ढुंगा हानेर घरका सिसा फुटाएका छन् ।व्यक्तिका घरबाट प्रहरीले प्रहार गरेको भन्दै उनीहरूले ढुंगा र इँटा हानेका हुन् ।

तीनकुनेबाट ब्यारिकेड तोडेर बानेश्वरतिर प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रहार गरेर हटाएको छ ।
अश्रुग्याँस र लाठी पनि प्रहार गरिएको छ । प्रदर्शनकारीले प्रहरीलाई ढुङ्गा प्रहार गरेका छन् । झडपमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको छ । दोहोरो झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x