९ मंसिर २०८३, मंगलवार
बबरमहल काठमाडौं, नेपालका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश
काठमाडौं चैत १५ – जिल्ला प्रशासन कार्यालय बबरमहल, काठमाडौं, नेपालका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश ।
आज चैत १५ गते अपरान्ह ४:२५ वजेदेखि रातीको १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ।
देहायः बानेश्वर तिनकुने क्षेत्र , गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुदै कोटेश्वर , कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म, गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

Subscribe
Login
0 Comments


