३२ असार २०८३, बिहीबार

तीनकुने हिंसा : पूर्वराजालाई काठमाडौं महानगरको ७ लाख ९३ हजार जरिवाना

एसीपी संवाददाता

१५ चैत्र २०८१, शनिबार १९:५५ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार राजधानीको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। राजावादीहरुको आह्वानमा आयोजित प्रदर्शन नियन्त्रणभन्दा बाहिरिएपछि महानगरले पूर्वराजाको नाममा ८ वटा छुट्टाछुट्टै जरिवाना पत्र काटेको हो।

महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन उल्लङ्घन गरेको भन्दै १ लाख, रूख तथा विरुवा संरक्षणका लागि राखिएको रेलिङ तोडफोड गरेबापत ४० हजार, तीनकुनेको आइल्याण्ड क्षेत्रमा तोडफोड गरेबापत २३ हजार, वातावरण प्रदूषणसहित फोहोरमैला फालिएको भन्दै १ लाख र ढुङ्गामुढा प्रहार गरेर दमकल फुटाएको आरोपमा १ लाख ३० हजार रुपैयाँ जरिवाना तोकेको छ। विभिन्न शीर्षकमा गरी कुल ७ लाख ९३ हजार रुपैयाँको जरिवाना गरिएको काठमाडौं महानगर स्रोतले जनाएको छ।

उक्त प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा एकजना पत्रकारसमेत छन्। प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले लुटपाट, आगजनी, तोडफोडजस्ता हिंसात्मक गतिविधि गरेका थिए। प्रहरी प्रतिवेदनअनुसार नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरीका २२ जना र ३५ जना प्रदर्शनकारी घाइते भएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x