आफ्नो नेता थुनेको भन्दै राप्रपाद्वारा कोहलपुरमा भोलि चक्काजाम
बाँके ,कोहलपुर – राष्ट्रवादी एवं हिन्दूवादीहरु ले गत १५ गते आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा नेपाल सरकारले बल प्रयोग गरी आन्दोलनमा उपस्थित नागरिकहरुत्लाई उत्तेजित गराई धन जनको क्षेति पुर्याउने कार्य गरी राष्ट्रवादी, हिन्दूवादी, एवं राजावादी नेताहरू बरिष्ठ नेता रविन्द्र मिश्र, बाँके जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभामा निर्वाचित सदस्य माननीय- डा० धवल सम्शेर राणा लगायत सम्पूर्ण राष्ट्रवादी, हिन्दूवादी राजबन्दीहरुलाई तुरुन्त रिहाईको माग गर्दै मिति २०११ साल चैत्र १६ गते विहान ८:०० बजे देखी दिउँसो ४:०० वजे सम्म बाँकेको कोहलपुर चौराहमा केन्द्र बताई पूर्व पश्चिम उत्तर दक्षिण राजमार्गमा यातायात वन्दको आयोजना गरिएको छ ।
बन्द कार्यक्रममा आ-आफ्नो तर्फबाट आवस्यक सहयोग गरिदिन व्यवसायी एवं नागरिकहरुमा हुन यातायात व्यवसायी हो । बन्दकार्यक्रमलाई निश्पक्ष ढंगबाए अनुगमन गर्न अधिकारकर्मी पत्रकारहरुमा अनुरोध गर्दछौ । राजबन्दी हरुलाई रिहाई नगरेमा यस कार्यक्रम लाई निरंतरता दिने जानकारी गराइन्छ ।
बन्दको समयमा अति आवश्यक साधनहरु दमकल, एम्बुलेन्स, खानेपानी, दुग्ध पदार्थ विद्युत, रेडक्रसका का यातायातका साधन हरुले कुनै तरिकाबाट रोकतोक नगरिने समेत- जानकारी गराउँदछौ ।
संयुक्त आन्दोलन परिचालन समिति बाँके संयोजक नरेन्द्र कुमार पौडेल , सदस्य दीपेन्द्र बहादुर सिंह , किशोर लामा , अभय कुमार बस्नेत , रुद्रमणि न्यौपाने , शेरबहादुर शाही , मनोज तिवारि , हुकुम सिंह केसी आशा विष्ट लगायत नेताहरुको उपस्थिति हुने जनाएका हुन ।



