३२ असार २०८३, बिहीबार

राप्रपाको आमसभा बल्खुमा, शान्त र अनुशासित प्रदर्शनमा जोड

एसीपी संवाददाता

२५ चैत्र २०८१, मंगलवार ०८:३१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज बल्खुमा विशाल आमसभा तथा प्रदर्शन गर्दैछ। यसअघि भृकुटीमण्डपमा सभा गर्ने तयारी गरिएको भए पनि स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै अनुमति नदिएपछि राप्रपाले स्थान परिवर्तन गरेर बल्खुमा सभा गर्न लागेको हो।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले प्रदर्शन स्थल परिवर्तनबारे जानकारी दिँदै भने, सरकारले भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएको स्पष्ट सङ्केत हो कि हाम्रो आन्दोलनको प्रभाव बढ्दैछ। अब हामी यो आन्दोलनलाई योजनाबद्ध ढंगमा अघि बढाउनेछौं।

आजको प्रदर्शनलाई सफल बनाउने उद्देश्यले राप्रपाले सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसमितिको बैठकसमेत गरेको थियो। उक्त बैठकले प्रदर्शनलाई शान्तिपूर्ण, अनुशासित र भव्य बनाउने निर्णय गरेको प्रचार विभागले जनाएको छ।

चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वको राजावादी आन्दोलनमा भएको हिंसात्मक घटनापछि आलोचना झेलेको राजावादी धारले अब अनुशासनमा विशेष जोड दिने प्रयास गरेको देखिएको छ। राप्रपाले आजको आमसभालाई संगठनात्मक रूपमा सुदृढ र सशक्त बनाउँदै सन्देश दिन खोजेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x