३२ असार २०८३, बिहीबार

राजाबादी र गणतन्त्रबादी विच ” मध्यस्थता गर्ने पात्रको खोजी 

एसीपी संवाददाता

२ बैशाख २०८२, मंगलवार १०:१९ मा प्रकाशित

ओम आचार्य

अहिले मुलुक पुर्व राजाको फागुन सातको विचारले मुलुक रजनीतिक वहस र छलफलमा नया मोडमा प्रवेश गरेको छ ! राजावादीहरुको आन्दोलन र मागले गणतन्त्रवादी दलहरुमा पनि आन्तरिक बहस र छलफल हुन थालेको छ ! गणतन्त्रवादिदलहरुमा पनि चाहेर होस या नचाहेर होस राजबादी आन्दोलनलेले दललाइ पनि प्रभावित गरिरहेको छ ! त्यति मात्र हैन अहिले आम जनतामा पनि गणतन्रबादी दल र सरकारको तिब्र विरोध र असन्तुष्टी बडिरहेको अवस्थामा दलहरु पनि आफु चोखिने र राजनीतिक शुध्दता देखाउने प्रयासमा गरिरहेकाछन ! गणतन्त्रको आफुलाइ नै प्रणेता ठान्ने माओवादी यस कार्यमा अग्रपंक्तीमा देखा परेको छ! नेपाली काग्रेस भित्रबाट संस्थापन इतर समुहका नेता डा. शेखर कोइराला पनि पछिल्लो समय अरु प्रखर रुपमा देखा परेका छन ! उन्को गठबन्धन प्रती फरक विचार र दृष्टिकोण काग्रेस भित्र झांगिएर  आएको छ बाक्लो भएर आएको छ ! र सिंगै काग्रेस भित्र त्यो बाक्लो झांगिएको विचारमा गोलबध्द हुन थालेको छ! अहिले काग्रेस महामन्त्री गगन थापापनि शेखरकै बाटोमा हिड्दै प्रधानमन्त्रीको बेड रुम सम्म विचौलिया भन्दै गठवन्धन सरकार प्रती असन्तोस रहेको विचार प्रकट गरे !

काग्रेस भित्र अहिले गठवन्धन सरकार प्रती तिब्र असन्तोष रहेको विचार प्रकट हुन थालेको छ!सरकार संचालनमा उच्च स्तरिय दुई दलिय संयन्त्र निर्माण गरेको हुदा सरकारले गरेका र भएका निर्णयमा काग्रेस सरकारको नेतृत्वमा छैन भनेर उम्किन पाउने अवस्था छैन !डा. शेखर कोइरालाले भने जस्तै सरकारमा काग्रेस भएपनि सरकारमा नभए जस्तो भन्नु नै काग्रेस निरिह देखिनु हो ! संसदमा ठुलो दल भएर पनि यो अवस्थामा काग्रेस पुग्नु काग्रेसमा नेतृत्व गरेका र भएका पदाधिकारीहरुको कमजोरी हो र त्यस्को जिम्मा लिनु पर्ने स्थिती छ!

यिनै कारणबाट पाटी सभापति अहिले अपठ्यारो अवस्थामा पुगेको काग्रेस भित्रै चर्चा चल्नु र गठवन्धन विघटनको संघारमा पुगेको देखिन्दै छ!

अव सरकारको नेतृत्वको लागी पात्र खोजिन्दै

अहिलेको काग्रेस एमालेको गठवन्धन विघटन भएपछी सरकारको नेतृत्व कस्ले गर्ने त्यस्तो पात्रको खोजी हुन थालेको छ ! अहिले मुलुकमा शिक्षकहरुको आन्दोलन चलिरहेको छ भने संगसंगै राजावादीहरुको पनि आन्दोलन छ! मुलुकमा व्याप्त भ्रष्ट्रचार कुशाशन र कर्मचारीहरुको नियुक्तीमा समेत चलखेल बडिरहेको अवस्था छ ! विगत र वर्तमान सरकारका कारणबाट गणतन्त्र प्रती नै वितृष्णा र उच्चाटन बडिरहेको र सडक आन्दोलन पनि यही अवस्था रहे कालान्तरमा बडने अवस्था रहन सक्छ ! यस्तो अवस्थामा सरकार र आन्दोलनकारी समुहविच मध्यस्थता गर्न त्यस्तो पात्र आवस्यकता पर्ने  समय निकटमा देखिन्दैछ!

त्यस्तो अवस्थामा अहिले सरकारको विगत देखि अहिले सम्म नेतृत्व गरेका माओवादीका प्रचण्ड काग्रेसका सभापति शेर बाहादुर देउवा र एमालेका केपी ओलीबाट त्यस्तो भुमिका निर्वाह हुन नसक्ने र जनतामा पनि उनिहरु प्रती विस्वास र भरोसा घट्दै गएको कारणबाट अव यिनिहरुको नेतृत्वमा सरकार भए सडमा आन्दोलन गरिरहेका समुह संग मध्यस्था नहुने र उनिहरुको नेतृत्व पनि नस्विकार्ने परिस्थि निर्माण हुने र भएमा आन्दोलनकारी अरु उग्र वन्ने र त्यसमा जनता पनि सहभागी हुने अवस्था आंकलन भइरहेको दलहरु भित्रै महशुश हुन थालेको छ ।

अव संसदमा ठुलो दलको हैसियतले काग्रेसले नै सरकारको नेतृत्व लिनु पर्ने हुन्छ ! गठवन्धनको सहमती पनि यस्तै भएको छ! मुलुकमा जब जब अप्ठ्यारो परिस्थिती निर्माण हुन्छ तब तब काग्रेसले  नै नेतृत्व लिने गरेको छ र संकटबाट पनि पार गरेको छ ! माओवादी को शशश्त्र आन्दोलन को विसर्जन , संविधान निर्माण पनि काग्रेसकै नेतृत्व र पहलमा भएको थियो भने विगतकै राजनीतिक इतिहासमा पनि यस्तै भएको छ २००७ सालमा होस या जनमत संग्रहमा होस ४५ / ४६ को समयमा काग्रेसबाटनै निर्णायक भुमिका निर्वाह गरेर निकास दिएको थियो ! त्यसमा पनि कोइराला परिवारबाटै भएको हुदा अहिले देशले कोइराला परिवार कै डा. शेखर कोइरालालाइ उपयुक्त पात्रको रुपमा जनता र अन्य दलले हेर्न थालेका छन ! अहिलेको समयमा मुलुकको संक्रमणकालिन समयमा आन्दोलनकारी समुह र सरकारसंग सहमती या मध्यस्थात गर्नु परे त्यस्तो सरकारको नेतृत्व डा. शेखरले लिनु पर्ने र निकास पनि उनैबाट हुने हुदा काग्रेस भित्र पनि त्यस्तो वातावरण समय र परिस्थिती वन्दै गएको काग्रेस भित्रै उच्च र शिर्ष नेताहरु भन्न थालेकाछन!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x