३२ असार २०८३, बिहीबार
प्रधानमन्त्री ओलि र काङ्ग्रेस सभापति देउवा बिच भेट्घाट
आज नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुर्ब प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता गरि विभिन्न चुनौती बारेमा छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुबै नेताहरु बिच कुराकानी भएको हो। सरकारप्रति कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइरालाले सार्वजनिक रुपमै असन्तुष्टि राख्दै आएका दुबै नेताबीच भेट् भएको हो।
काठमाडौंमा भएको भेटमा दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने र जस्तो सुकै चुनौतीपूर्ण परिस्थितिमा एक भएर जाने बताएका हुन ।
देउवासँग भेटेपछि प्रधानमन्त्री ओलीले आजै बस्नेगरी मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । बैठक बेलुकी ६ बालुवाटारमा बस्नेछ । उक्त बैठकको निर्णय आज बेलका सम्म थाहा हुने भएको छ ।
Subscribe
Login
0 Comments



