नेपालगन्जमा हुने नेपाल इत्तेहादको महाधिवेशनको लोगो सार्वजनिक
बाँके । बैशाख २०-२१ मा नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनको लोगो नेपालगन्जमा सार्वजनिक गरिएको छ । लोगोको प्रतिनिधि सभा सदस्य समेत रहेका नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय अध्यक्ष सेराज अहमद फारुकी, प्रतिनिधि सभा सदस्य सुर्य ढकाल, दीपा शर्मा, एमालेका केन्द्रिय सदस्य एवम् मुस्लिम फाँट इन्चार्ज मोहम्मद हारुन, एमालेका केन्द्रिय सदस्य पशुपतिदयाल मिश्र लगायतले एक कार्यक्रमका वीच लोगो सार्वजनिक गरेका हुन् ।
सो अवसरमा नेपाल इत्तेहाद संगठनका केन्द्रिय सदस्य एवम् सांसद फारुकीले नेपालगन्जमा हुन लागेको महाधिवेशन ऐतिहासिक हुने बताउनुभयो । उहाँले पिछडियका वर्ग र उत्थानका लागि मार्ग रेखा कोर्ने बताउँदै इत्तेहाद संगठनले गरिव, निमुखा जनताको पक्षमा आजाव उठाउने धारणा राख्नुभयो।
सो अवसरमा एमालेका केन्द्रिय सदस्य एवम् मुस्लिम फाँट इन्चार्ज मोहम्मद हारुनले पनि पिछडियका वर्ग र समुदायको लागि महाधिवेशनले भूमिका खेल्ने धारणा राख्नुभयो । उहाँले महाधिवेशन सफल बनाउन विभिन्न राजनीतिक दलमा आवद्ध मुस्लिम नेतासँग छलफल गरेको बताउँदै महाधिवेशनलाई ऐतिहासिक बनाउने धारणा राख्नुभयो।
एमालेका केन्द्रिय सदस्य सूर्य ढकालले महाधिवेशनको सफलताको शुभकामना दिँदै मुस्लिम समुदायको उत्थानका लागि नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 
प्रतिनिधि सभा सदस्य दीपा शर्माले नेपाल मुस्लिम इत्तेहाद संगठनले इस्लाम धर्मावलम्वीको मात्र नभई सिंगो अल्पसंख्यक, सिमान्तकृत समुदायको उत्थानका लागि स्थापना भएको बताउनुभयो ।एमालेका अर्का केन्द्रिय सदस्य पशुपति दयाल मिश्रले पनि गरिव, निमुखा जनताको उत्थानमा इत्तेहाद संगठनले पहिलेदेखि नै भूमिका निर्वाह गर्दै आएको धारणा राख्नुभएको थियो ।



