मुख्य नाकामा कडाई , रातारात पास हुन्छ अबैध समान
श्रीराम सिग्देल , नेपालगन्ज – प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय बाँके । बाँके जिल्लामा तपाईं आएको ६ हप्ता जति हुन लाग्यो सायद चर्चा तपाईंको नै छ । विशेष गरि जमुनाहा नाकामा भएको कडाइ प्रंसनिय नै छ । हो भंसार छलेर ल्याउने जो कोहिलाई पनि कारबाही गरिनु पर्छ । स्थानीय व्यापार रुपैडिहाको बजारका कारण घट्यो तसर्थ भन्सार कडाइ गरिदिन पर्यो भन्ने गुनासो पश्चातनै १ मुठी चिनी पनि भंसार नतिरी न छिरोस भन्ने आदेश लागू भएको हो सायद । आशा गर्छौं जमुनाहा भंसारबाट भंसार नतिरी केही पनि छिर्ने छैन ।
सिडियो साप तपाईं त नेपालगन्ज भर्खरै आउनु भयो । जमुनाहा नाका बदनाम छ , यो नाकामा ठूलो मात्रामा अवैध कारोबार गर्ने स्वेत पोषधारीहरु छन , यो नाका बाट सुन, लागू औषध ,कुखुरा ,खाद्यान्न ,मासु लगायत थुप्रै सामाग्रीहरु सेटिङ्गमा आयत गरिन्छ । दिउँसो नाका भएर सामान ल्याउनेले जस्को सेटिङ्ग छैन उनिहरुले १ बोरा चामल ४ केजी चिनी १ जोर कपडा नै ल्याउलान त्यो त वर्षौं देखिको चलन हो , त्यसका अतिरिक्त २/४ रुपैया नाफा गरौंला भनेर खुद्रा सामान बोकेर जिविकोपार्जन गर्ने हरुले धेरै थोरै ल्याएका होलान तर सिडियो साप जस्ले एकै रातमा करोडौंको समान क्यारिङ्ग मार्फत रातारात ल्याएर गोदाम भर्छ त्यसको के हुन्छ नि ?
प्रहरीका घुमुवालाई सोध्नुस भारतबाट सिमा सुरक्षार्थ खटिएको नेटवर्कको मिलिमतोमा आउने समान कहाँ स्टोर हुन्छ ,क्यारिअर को को हुन भनिदिन्छन । यदि भनेन भने भेष बदलेर मुक्तिपुर,गणेनपुर पछाडी , बाबुगाउ ,गोसाइगाउ तिर जानुहोला ।
कुरा लामो छ सिडियो साप हजुर त जिल्लाको सरकार प्रतिनिधि हरुको पनि हेड साचै , बेथिती भंसार र नाकामा मात्र छैन तपाई मातहतमा रहेका जिल्लाका थुप्रै अड्डाहरुमा दिन दहाडै सेवाग्राही लुटिन्छन ,कुन अड्डा भनेर सोध्नुहोला समग्रमा सुराक दिन्छु जुन जुन कार्यालयमा बिहान देखि साँझ सम्म भिडभाड हुन्छ त्यहाँ त्यहाँ ब्रह्मलुट नै छ ।
अनि सिडियो साहेब स्थानीय व्यापार प्रतिनिधि हरुको आग्रहमा भंसारमा खुद्रा समान पनि नछोड्नु भन्ने आदेश त तपाईं बाट त भयो नै आशा गर्छौं यो आदेश पछि नेपालगन्ज बजार भयंकर चल्नेछ ,देशको ढुकुटीमा धेरै थोरै राजस्व थपिएला तर श्रीमान स्थानीय बजारमा भैरहेको कालो बजारी अनुगमन कस्ले गरिदिने हो ?
सिडियो साप जिल्लामा बेथिती थुप्रै छन क्रमशः खोल्दै र लेख्दै जाउला पनि यो देश लुट्ने हरु २ किलो पिठो १ किलो चिनी २ जोर सुरुवाल कुर्ता ल्याउने होइनन , यो देशमा १/२ क्विन्टल होइन ३३ किलो अवैध सुन पनि हरायो , खर्ब राजस्व नतिर्नेहरुलाई तपाईं हरुले नै जय नेपाल पड्काउन परेको छ । अर्ब तल भ्रष्टाचार गर्ने नालायक बन्नु परेको छ । देशका थुप्रै नाका मध्य एक नाकामा तपाइको यो प्रयास ले जिल्लाका अन्य बेथितिलाई पनि न्यूनीकरण गर्न मद्दत मिलोस ।
क्रमशः यो वहाँको समाजिक संजाल फेस्बुक बाट लिएका छौ ।



