३२ असार २०८३, बिहीबार
राजापुर नगरपालिकामा युवा राजदूतहरूसँग समीक्षा र योजना बैठक
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकामा युवा राजदूतहरूसँग समीक्षा र योजना बैठक आयोजना गर्यो।
बैठकको क्रममा २० जना युवा राजदूतहरूले सक्रिय रूपमा भाग लिए र बाल बेचबिखन विरुद्ध लड्न आफ्नो कार्य योजना प्रस्तुत गरे। उनीहरूको योजना सामाजिक सञ्जाल अभियान, ह्यासट्याग अभियान, SBCC भिडियो र वृत्तचित्र प्रदर्शन, “सातको भेटमा बाल बेचबिखन का कुरा” शीर्षकको छलफल, सडक नाटक र र्यालीहरू मार्फत मुद्दालाई सम्बोधन गर्ने कुरामा केन्द्रित थियो।
सत्रलाई परियोजना संयोजक ईश्वर बीके, जनकराम चौधरी (MEDO), र बाँके युनेस्को क्लब का field supervisor प्रमिशा थारूले सहजीकरण गर्नुभएको थियोे । 

Subscribe
Login
0 Comments



