भुकम्प २०७२ को स्मृतिमा सचेतनामुलक कार्यक्रम”
काठमाडौं – “२०७२ साल बैशाख १२ गतेको भुकम्पको दशौं बर्ष पुगेको दिनलाई स्मरण गर्दै” मिति २०८२/०१/१२ गते ०७:०० बजेको समयमा ललितपुर महानगरपालिका पुल्चोक, ललितपुरको आयोजनामा पाटन दरवार स्क्वायर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख मेयर चिरीबाबु महर्जनज्यूको अध्यक्ष्यता र माननीय गृह मन्त्री श्री रमेश लेखकज्युको प्रमुख आतिथ्यता तथा ललितपुर महानगरपालिकाको उपप्रमुख श्री मञ्जली शाक्य बज्राचार्यज्यू, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालज्यु, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्र.व.उ. श्याम कृष्ण अधिकारीज्यू, नेपालका लागि जापानी राजदुत लगायत विभिन्न निकायका सुरक्षाकर्मीहरुको आतिथ्यताका साथै, ललितपुर महानगरपालिकाका नगर प्रहरीहरु, बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, विभिन्न संघ-संस्थाका पदाधिकारीहरु, विभिन्न संघ-संस्थाका प्रतिनिधि महिलाहरू लगाएत अन्य व्यक्तिहरु गरी अ. १००० जनाको उपस्थितिमा आयोजना भएको “भुकम्प सचेतना सम्बन्धी प्रभातफेरीमा” कार्यक्रममा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसी काठमाण्डौबाट खटिएको विपद् व्यवस्थापनको टोलिहरुद्धारा मिति २०७२/०१/१२ गते गएको विनाशकारी भुकम्पको विपद्को अवस्थामा गरेको उद्धार कार्यक्रमहरुको कार्य प्रगति देखिने फोटो, भिडियो सहित देखिने गरी नेपाल प्रहरीको तर्फबाट २(दुई) वटा स्टलहरुमा विभिन्न विपद्का सामग्रीहरु प्रर्दशनमा राखिएको साथै सशस्त्र प्रहरी बल, नेपाल र ललितपुर महानगरपालिकाको तर्फबाट विभिन्न विपद् उद्धार सम्बन्धि जनचेतनामुलक सामग्रीहरु समेत सर्वसधारण नागरिकको जनकारीको लागि ऐ. १६;०० बजेसम्म भुकम्प स्मृति दिवसको सचेतनामुलक प्रभातफेरी गरी समापन भएको ।




