३२ असार २०८३, बिहीबार

नेपाल सरकार स्थानीय सरकार र संघीय सरकार समेत न्यायका लागि मौनता किन ?

एसीपी संवाददाता

१४ बैशाख २०८२, आईतवार २०:५९ मा प्रकाशित

गत मंगलबार जम्मू–कश्मीरको पहलगाम मृत्यु भएका २७ बर्षीय नेपाली नागरिक सुदिप न्यौपानेको मृत्युपछि स्थानीय सरकार,प्रदेश र संघीय सरकार समेत न्यायका लागि मौनता देखिएको छ । भारतीय नागरिक मृत्यु हुँदा भारतीय सरकार, सुरक्षा निकाय र त्यहाँका स्थानीय सरकारबाट समेत आवाज, विरोध, खवरदारी भैईरहदा नेपालमा राष्ट्र प्रमुखबाट दुख व्यक्त र श्रदाञ्ञ्जली व्यक्तबाहेक न्यायका लागि मौनता देखिएको हो ।

गत मंगलबार जम्मुकश्मिरको पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरी आतंकवादी आक्रमण हुँदा न्यौपानेसहित कम्तिमा २६ जना हिन्दु नागरिकहरु मारिएका थिए । भारतको कश्मिरस्थित पाहलगममा भएको आतङ्ककारी हमलाप्रति अन्य राजनैतिक दलहरुले विरोध र विज्ञप्ती निकालेका छैनन् । मृतक न्यौपानेको वडाका जनप्रतिनिधी बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले वडा, पालिका र प्रदेशबाट कुनै संवेदना, विरोध, न्यायका लागि सहयोग गर्ने वाचा नआएको बताए । घटनापछि कहिकतैबाट न्याय र अपराधमा संग्लन अपराधी र आतंकवाद विरुद्ध आवाज आउन सकेको छैन् । बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले भारत कश्मिरमा न्यौपानेको मृत्युपछि विज्ञप्ती र शोक वक्तव्य जारी भएको बताए । उहाँको न्यायका लागि पालिकाबाट के केसरी जाने भन्ने विषयमा कार्यपालिकाबाट छिटै निर्णय हुने जानकारी दिए ।

आतंकवाद हमालको वास्तविकताः 
भारतले मंगलबार जम्मू–कश्मीरको पहलगाम क्षेत्रमा घातक आतङ्कवादी हमलाको साक्षी बनेको छ । पाकिस्तानी सेनाका प्रमुख जनरल असिम मुनीरले कश्मीरलाई आफ्नो देशको ’जुगुलर शिरा’ को संज्ञा दिएको केही दिनपछि र पाकिस्तानका संस्थापक एमए जिन्नाले प्रतिपादित दुई राष्ट्रको सिद्धान्तको प्रयोग गरेको केही दिनपछि प्रतिबन्धित पाकिस्तानस्थित लश्कर–ए–तैयबाको छायाँ समूह द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले पहलगाम आक्रमणको जिम्मेवारी लिएको छ । पहलगाम आतंकवादी हमलापछि पाकिस्तानी एजेन्सीहरू, अपरेटरहरू, आतङ्कवादी समूहहरूद्वारा प्रायोजित आतङ्कको निन्दा गर्दै पाकिस्तानी सेनाका प्रमुख जनरल असिम मुनीरको ’उत्तेजक’ बयानलाई भारतमा धेरैले निन्दा गरेका छन् । पाकिस्तानी सेनाका प्रमुख जनरल असिम मुनीरले पहलगाममा आतंकवादी हमला गरेको पूर्व सैनिक आदिल रजाको दाबी छ । पहलगाममा सन् २०१९ को पुलवामा आक्रमणपछिको सबैभन्दा घातक आक्रमणमा एक विदेशी नागरिक र एक जम्मू–कश्मीरका बासिन्दासहित २६ जनाको मृत्यु भएको छ । पाकिस्तानी सेनाका पूर्व अधिकारी आदिल रजाले पाकिस्तानी सेनाप्रमुख जनरल असिम मुनीरको आदेशमा पहलगाममा भएको आतङ्ककारी हमला भएको दाबी गरेका छन् । रजाले पाकिस्तानको उच्च सैन्य नेतृत्वबाट आक्रमणको आदेश आएको दाबी गरेका छन् । यो वक्तव्य यस्तो समयमा आएको छ जब पाकिस्तानले यस घटनालाई लिएर व्यापक अन्तर्राष्ट्रिय र क्षेत्रीय आलोचनाको सामना गरिरहेको छ । आक्रमणकारीहरूले पहलगाममा पर्यटकहरूलाई उनीहरूको धर्मको बारेमा सोधेपछि लक्षित गरेका थिए, जसले हिंसाको साम्प्रदायिक प्रकृतिको बारेमा गम्भीर चिन्ता व्यक्त गरेको थियो । प्रारम्भिक अनुसन्धानमा संलग्न आतङ्ककारीहरूको सम्बन्ध रहेको खुल्न आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x