आतंकवादलाई समाप्त गर्न नेपाल सरकारले समेत संवाद र सहकार्य गर्न आवश्यक
काठमाडौं – नेपाल सरकारले अब भारतको जम्मु–कश्मीरस्थित पहलगाममा सोझासाझा पर्यटकमाथि गरिएको आतंकवादी आक्रमणको घोर भत्सर्ना गर्न जरुरी भएको छ । बिश्वमा जुन सुकै देशमा हुने आतंककारी हमलाको नेपाल सरकारले आवाज उठाउन आवश्यक रहेको हो । कश्मिरमा भएको घटनामा २८ जनाको ज्यान गएको छ । आतकवादीको हमलाले नेपाली नागरिकको पनि मृत्यु भएको छ । यस्तो अवस्थामा नेपाल सरकारले कडा एक्सन लिनु पर्ने स्थानीय नागरिकले भन्न थालेका छ्न । बिश्वको जुन सुकै देश किन नहोस पर्यटकलाई लक्ष्य गर्नु हुदैन भन्नू पर्ने नेपाल सरकारको दायित्व हो ।
आतंकवादी प्रहारले निश्चित भूगोल, धर्म वा देशलाई मात्र होइन, मानवजातिलाई नै प्रताडित गरेको छ । आतंकवादीको नाममा केही बर्ष देखि चाल्दै आएको इजरालयमा हमासको युद्ध ले प्रमाणिात गरेको छ । हमासको आक्रमणमा १४ सय मारिएका थिए । हमासको आक्रमणमा पनि नेपाली मारिएका थिए र भारतमा भएको आतंकवादी हमलामा रुपन्देही भैरहवाका एक नेपालीको मृत्युले जनता लाई थप दुखित बनाएको छ । हमासले अपहरण गरेको एक जना नेपालीको अवस्था अज्ञात रहेको छ ।
हमासको हमलामा नेपालका १० विद्यार्थीको ज्यान गएको हो तर नेपाल सरकारले आतंकवादी विरुद्ध एक शब्दले कडा प्रस्तुति गरेन । एक जना नेपाली नागरिक बिपिन जोशी अहिलेसम्म बेपत्ता रहेका छ्न । विश्वको जुन सुकै देशमा हुने आतंकवादी हमला विश्वकै साझा समस्या हो अन्य देश सङै मिलेर आतंकवादीको बिरोध गर्न सिक्नु पर्ने आवश्यकता छ । नेपाल सरकारले आतंक वादी बाट पीडित बनेका देश संग सहकार्य समन्वय गर्न आवश्यकता रहेको छ ।



