३२ असार २०८३, बिहीबार

किशोरीहरू उठिन्, समुदाय रूपान्तरण – बर्दियाका तीन पालिकामा बाल विवाहमा उल्लेखनीय गिरावट

एसीपी संवाददाता

१८ बैशाख २०८२, बिहीबार १४:१३ मा प्रकाशित

गुलरिया, बर्दिया – गुलरिया, मधुवन, र बढैयाताल नगरपालिका क्षेत्रमा किशोरीहरूको नेतृत्वमा सञ्चालित जनचेतनामूलक अभियानले बाल विवाहको दरमा उल्लेखनीय कमी ल्याएको छ।

बाने युनेस्को क्लबको आयोजनामा र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सञ्चालित “गर्ल्स स्ट्यान्डिङ स्ट्रङ (GSS)” परियोजनाअन्तर्गत १४ वटा युवा क्लबहरू सक्रिय रूपमा अभियानमा संलग्न भए। ती क्लबहरूले सडक नाटक, घरदैलो भ्रमण, र अभिभावकहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेर बाल विवाहविरुद्ध सशक्त आवाज उठाए।

यी प्रयासहरूले समुदायमा चेतनाको लहर ल्याएका छन्। अहिले धेरै अभिभावकहरूले बाल विवाह नगर्ने, छोराछोरीको शिक्षामा साथ दिने, र शिक्षकहरूसँग समन्वय गरी बालबालिकाको शैक्षिक प्रगतिमा चासो देखाउने प्रतिबद्धता जनाएका छन्।

स्थानीय सरकारहरू बाल विवाहमुक्त वडा घोषणा गर्न आवश्यक फलोअप गतिविधिहरूको तयारीमा जुटेका छन्। परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेका अनुसार, किशोरीहरू र अभिभावकहरूसँग निरन्तर संवाद र प्रेरणाले आगामी दिनहरूमा अझ सकारात्मक परिणाम ल्याउने बाटो खोलिरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x