३२ असार २०८३, बिहीबार

काँकडभिट्टामा अत्याधुनिक बस टर्मिनल बनाउन आवश्यक

एसीपी संवाददाता

१९ बैशाख २०८२, शुक्रबार १६:२९ मा प्रकाशित

काँकडभिट्टा एक पालिका या क्षेत्रको बजार मात्रै होइन, हाम्रो देशकै पुर्विद्वार हो l भारत, बंगलादेश र भुटानको त्रीदेशिय एकमात्र नाका पनि हो l अत्याधुनिक बस टर्मिनल यहाँ बन्न जरुरी छ l अघिल्लो बर्ष संघीय सरकारबाट शुरुवाती रकम १ करोड छुट्याएर काम थालनिको प्रयास गरियो, तर नगरपालिकाको नाममा जग्गा नआइपुग्दा टर्मिनलको प्रक्रिया अघि बढ्न सकेन l

पछिल्लो समय जग्गाको सन्दर्भमा हामी सबै थरिको साझा प्रयासमा काम अघि बढ्दैछ भने, टर्मिनल निर्माणका लागि सरकारी र निजिक्षेत्रको लगानीका प्रयास भइरहेका छन् l यस क्रममा लामो समयदेखि अमेरिका रहेका मित्र डा मेदनी अधिकारी र बाहिर रहेका साथीहरूसँग पटकपटक भएको छलफलले परिणाम ल्याउने संभावना विकसित छ l

आज बैशाख १८ गते शुरु हुने कोशी प्रदेशको लगानी सम्मेलनका लागि डा अधिकारी करिब दुई महिनादेखि लगातार खटिनु भएको छ l मेचिनगर पुगेर अन्य परियोजनाका अतिरिक्त काँकडभिट्टा बसपार्कको प्रारम्भिक अध्ययन भएको छ l लगानी सम्मेलन मार्फत प्रक्रिया अघि बढाउने गरि काँकडभिट्टामा बस टर्मिनलका लागि कोरियन र केहि लगानिकर्ता टिमले प्रस्तावमा रुचि प्रकट गरेको अवस्था छ l

आशा गर्दछु- यो परियोजनासँगै प्रदेशको समग्र विकासमा लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न लगानी सम्मेलन कोसे ढुंगा बन्नेछ, मुख्य मन्त्री मित्र हिक्मत कार्की र टिमलाई धेरै शुभकामना !

( काँकडभिट्टाको बसपार्कमा अत्याधुनिक टर्मिनलका लागि छलफल पस्चात् को एक तस्वीर ) बिश्व प्रकाश शर्मा महामन्त्री नेपाली काङ्ग्रेस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x