३२ असार २०८३, बिहीबार

नेपाल इत्तेहाद संगठनको सातौ महाधिवेशन नेपालगन्जमा

एसीपी संवाददाता

२१ बैशाख २०८२, आईतवार ०९:४९ मा प्रकाशित

नेपाल इत्तेहाद संगठनको सातौ महाधिवेशनका प्रमुख अथिती र नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अब कुनै पनि हालातमा राजतन्त्र नफर्किने दावी गर्नु भयो । संगठनको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेपालगन्जमा महासचिवले भने अब राजतन्त्रको नाममा आन्दोलन गर्ने जनता दु:ख दिने काम गर्न नहुने बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रले बिकास बारे सबै नेपाली जनतालाई थाहा यो बिकास राजतन्त्र हैन लोकतम्त्रले आएको हो भन्नू भयो । नेपालका सबै राजनितीक एक भएर यसको विरुद्ध उभिन जरुरी रहेको जिकिर गर्नु भयो । सत्ता समिकरण छिटो–छिटो बदलिँदा मुलुक निर्माणमा समस्या सिर्जना भएको हो यो यथार्थ हो सत्तामा एक सरकार पनि निरन्तर हुन नसकेकोले बिकास सहित ठुलो परियोजना समेत प्रभावित भएको स्वाभाविक भएको बताउदै लोकतान्त्र मार्ने काम गर्नु हुदैन भन्नू भयो ।

महासचिव पोख्रेलले देशले जब सम्म एक बहुमतिय सरकार पाउदैन तब सम्म देश ठुलो फडको मार्न सक्दैन र यसका जुनसुकै एउटा दललाई नेपाली जनताले बहुमत दिए मात्र देश बिकास तर्फ उन्मुख हुने बताउनु भयो । नेपालमा स – साना दलका कारण पनि सत्ता परिवर्तन हुने गरेको र दीर्घकालिन सरकार गठन हुन नपाएको भन्नू भयो । देशमा अब एक पार्टीको बहुमतको सरकार बनाउन जरुरी रहेको भन्नू भयो । छिमेकी देश भारत र चीनमा बहुमतको सरकार भएकोले दुबै देश बिकासमा अग्रसर रहेका छ्न ।

राजनीतिक स्थिरता, सुशासन र विकासका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन भएको बताउनु भयो । ‘दुई ठूला दल मिलेर सरकार गठन गर्ने रहर होइन, बाध्यता हो । बलियो सरकार भए मात्र देशमा विकास सम्भव भएको हामीले बुझ्यौँ र दुई ठूला दल मिलेर सरकार गठन गरेको भन्नू भयो । अब बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको भन्नू भयो । नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं महाधिवेशनमा अब जनताले चाहे र एक पार्टी बहुमत दिने कतै विभाजित नगर्ने प्रतिज्ञा गर्नुपर्ने समय आएको भन्नू भयो । जनताका आकांक्षा पूरा गर्ने दिशामा सरकार अघि बढ्ने पोख्रेलले भन्नू भयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले मुस्लिम समुदायलाई हरेक क्षेत्रमा अगाडि बढाउन विभिन्न काम गरिहेको जनाउँदै सरकारले जनतामा आशा र भरोसा उत्पन्न हुने गरी काम गरिरहेको बताए । साथै आचार्य ले प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनमा मुस्लिम समुदायको लागि ७ प्रतिशत आरक्षण सुनिश्चित गरेको हो । उनले ती अवसरहरूको पूर्ण सदुपयोगका लागि मुस्लिम समुदाय संग अपिल गरे। प्रदेश सरकारले लोक सेवामा ७ प्रतिशत आरक्षणको व्यवस्था गरेको हो यो अवसर सदुपयोगका लागि शिक्षामा ध्यान दिन जरुरी रहेको उल्लेख गरे । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले मदरसा शिक्षामा सुधार ल्याउनका लागि लगानी गरेको र महिलाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको जानकारी दिँदै अझै पनि छोरीहरूले पढाइमा समान अवसर नपाउनु चिन्ताको विषय

नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्व मन्त्री पदमा अर्याल, भानुभक्त ढकाल, प्रतिनिधिसभाका सदस्य सूर्य ढकाल, दिपा शर्मा, नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मुस्लिम विभाग इन्चार्ज मोहम्मद हारुन हलवाई, प्रदेशसभाका सदस्य लगायत नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय नेताहरुले धारणा राखेका थिए । महाधिवेशनमा ६ सय बढी मुस्लिम प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ । उदघाटन कार्यक्रम सम्पन्न पछि नै आज राती बन्द सत्र हुने नेकपा एमालेका गाउँ पालिका स्तरीय नेता बिनय राज त्रिपाठिले जनाउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x