भारत पाकिस्तान युद्धपछि सीमामा ध्यान दिन सरकारसंग आग्रह
भारत पाकिस्तानको युद्धको अवस्थाा सूरुवातासंगै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले भारत पाकिस्तान युद्धपछि सीमामा ध्यान दिन सरकारसंग आग्रह गरेका छन् । बुधबार उनले संसदमा भने, ’‘भारत र पाकिस्तानबीच युद्ध सुरु भएको छ ।
नेपालसँग खुला सीमा छ । सरकारले ध्यान त्यता केन्द्रित हुनुपर्छ’ । यस्तै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पाकिस्तानी सेनाको ११ सदस्यीय डेलिगेसन टोली नेपाल आएको विषयमा पनि बुधबार प्रश्न उठाएका थिए । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सिंहले पाकिस्तानी सेनाको टोली ४ मेमा नेपाल आएको बताएका हुन् । सिंहले संसदमा पाकिस्तानी सेनाको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट ऐयर क्याडर सराज मन्सुर अन्सारी नेतृत्वमा नेपाल आएको समेत संसद्मा बताए । सांसद सिंहले संसद्मा भने, ‘नेपाल सरकारले ४ मेमा ११ जना पाकिस्तानी सेनाको डेलिगेसन बोलाएको छ । पाकिस्तानी सेनाको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ आएको हो । ऐयर क्याडर सराज मन्सुर अन्सारी नेतृत्वमा आएको छ ।’
नेपालका छिमेकी मुलुकहरू भारत र पाकिस्तानबिच पहलगाम घटनापछि तनाव रहेको बेलामा नेपाल सरकारले डेलिगेसन बोलाएको भन्दै उनले असन्तुष्टि समेत पोखे । उनले असन्तुलित परराष्ट्र नीतिले नेपाल र नेपाली जनतालाई कहाँ पु¥याउला भन्दै प्रश्न समेत गरे । उनले भने, ‘नेपाल सरकारले के मेसेज दिन खोजिरहेको छ ? के हामी कसैको पक्ष लिन मिल्छ ? पाकिस्तानको मान्छे आउने टाइम नै गलत छ ।’



