४ असार २०८३, बिहीबार
बेलासपुरमा आँखा तथा कान निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब २५० जनाले सेवा लिए
बाँके, बैशाख २६ — नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ स्थित बागेश्वरी आधारभूत विद्यालयमा शुक्रबार सम्पन्न आँखा तथा कान जाँच शिविरबाट करिब २५० जना लाभान्वित भएका छन्।
शिविरमा आँखा परीक्षणका लागि १५० जना र कान परीक्षणका लागि १०४ जना सेवाग्राहीहरूले निःशुल्क सेवा लिएका छन्। जाँचसँगै आवश्यक औषधिहरू समेत निःशुल्क वितरण गरिएको आयोजकहरूले जनाएका छन्।
उक्त शिविर बहेलिया चिडिमार विकास समाज, नेपालगञ्ज-१२ को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम ब्रिनोज कान सामुदायिक सेवा (वडा नं. ५), गौरव स्मृति तथा बि योर सेल्फ फाउन्डेशन (वडा नं. ६, फुल्टेक्रा), र बास नेपाल (बाँके शाखा) को सहकार्यमा सम्पन्न भएको थियो।
स्थानीय बासिन्दाहरूको स्वास्थ्य सुविधामा पहुँच बढाउने उद्देश्यले आयोजित यो शिविरप्रति सेवाग्राहीहरूले सन्तुष्टि व्यक्त गरेका छन्।

Subscribe
Login
0 Comments



