३२ असार २०८३, बिहीबार
भारत-नेपाल सीमा पूर्ण रूपमा संचालनमै छ , अफवाह पछि नलाग्न आग्रह
भारत-नेपाल सीमा बन्द गर्ने हल्ला मात्र रहेको सीमा सुरक्षा बलले भनेको छ । भारतीय प्रहरीले पूर्ण रूपमा आवातजावत खुल्ला रहेको छ।
स्थानीय र एसएसबी अधिकारीहरूले रुपैडिहा सीमाको आवागमन र व्यापार सामान्य रूपमा जारी रहेको स्पष्ट पारेका हुन ।
दुवै देशका नागरिकहरूले आफ्नो परिचयपत्र जाँच गर्दै सीमा पार गरिरहेका छन्। 
उल्लेखनीय कुरा के छ भने अपरेशन “सिन्दूर” का कारण सुरक्षा कारणले सीमा बन्द गरिँदैछ भन्ने हल्ला फैलिएको थियो, जसले गर्दा स्थानीय जनता र व्यापारीहरूमाझ भ्रम सिर्जना भएको थियो। भारतिय सिमा सुरक्षा बल एसएसबीले यी आरोपहरूलाई निराधार भन्दै सीमामाथि कुनै प्रतिबन्ध नभएको बताएको छ।
व्यावसायिक गतिविधि र यातायात निर्बाध रूपमा खुल्ला रहेको जानकारी रुपैडिहा बाट पत्रकार सन्तोष शुक्लाले जानकारी दिएका छ्न ।
Subscribe
Login
0 Comments



