३२ असार २०८३, बिहीबार

“एक घर, एक पढाइ कुना” अभियानलाई अभिभावकहरूद्वारा तीव्रता दिदै

एसीपी संवाददाता

२९ बैशाख २०८२, सोमबार २१:२४ मा प्रकाशित

मधुवन नगरपालिकामा “एक घर, एक पढाइ कुना” अभियानलाई अभिभावकहरूले तीव्रता दिएका छन्।

मधुवन नगरपालिकामा पढाइ कुनाको अनुगमन गरिएको छ। अनुगमन टोली जिल्ला शिक्षा समन्वय इकाइ समितिका प्रमुख सूर्य बहादुर बिष्टको संयोजकत्वमा वडा नं. १ र २ मा पुगेर बालबालिकाको अध्ययनका लागि अनुकूल वातावरण सृजना गर्न बनाइएका पढाइ कुनाहरूको अवलोकन गर्यो।

स्थानीय अभिभावक गीता थारुका अनुसार, बालबालिकाको अध्ययनका लागि अभिभावकहरूले घरमै पढाइ कुनाको व्यवस्था गर्न थालेका छन्।

अनुगमन टोलीमा मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल, सामाजिक विकास समितिकी संयोजक मीन थापा, नगर उपप्रमुख अनिता चौधरी, शिक्षा समन्वय समितिका प्रेम बहादुर खत्री तथा बाँके युनेस्को क्लबका उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछानेको सहभागिता रहेको थियो।

लामिछानेका अनुसार, अभिभावक शिक्षा सत्र पश्चात् सञ्चालित सन्देशमूलक कार्यक्रमहरूले अभिभावकहरूमा चेतना जागृत गराएको छ। उनीहरू अहिले आफ्ना बालबालिकाका लागि पढ्ने बानी विकास गर्न, नियमित गृहकार्य गराउने र विद्यालय जान उत्प्रेरित गर्ने कार्यमा सक्रिय भएका छन्।

समन्वय प्रमुखका अनुसार, बालबालिकाको चाहना अनुसार थप शैक्षिक सामग्रीहरू उपलब्ध गराइने र अध्ययनप्रतिको चासो अझ बढाइने छ।

मधुवन नगरपालिकाका शिक्षा प्रमुखले आगामी वर्ष “अभिभावक शिक्षा कार्यक्रम” लाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो। साथै, शिक्षा समितिकी संयोजक मीन थापाले बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक शिक्षा, “एक घर, एक पढाइ कुना” जस्ता कार्यक्रमहरूलाई थप बजेट विनियोजन गरी निरन्तरता दिने जानकारी दिनुभयो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x