३२ असार २०८३, बिहीबार

शान्ति सुब्यवस्था कायम गर्न प्रतिबद्ध छुः बाँके प्रहरी प्रमुख घर्ती मगर

एसीपी संवाददाता

३० बैशाख २०८२, मंगलवार ०८:३६ मा प्रकाशित

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले जिल्लामा शान्ति सुब्यवस्था कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन् । आज विहान कार्यालयमै आयोजित पत्रकारहरुसंग परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा एसपी घर्ती मगरले शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न, अपराध रोकथाम तथा नियन्त्रण गर्न, दण्डहिनताको अन्त्य गर्न, मानव अधिकारको संरक्षण तथा संबद्र्धन गर्न प्रतिबद्ध रहेको बताए ।

उनले भने-“जिल्लाको समग्र शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन तथा अपराध रोकथाम तथा नियन्त्रणका लागि पाएको जिम्मेवारी अदम्य साहसका साथ यहाँहरु (पत्रकार) को साथ लिएर अघि बढ्नेछु ।” उनले मिडियासंगको सहकार्यलाई मजबुत बनाउँदै अघि बढने बताए । एसपी घर्ती मगरले पत्रकारहरुलाई छिटो-छरितो सूचना उपलब्ध गराउन प्रतिबद्ध रहेको समेत बताए । “सूचनामैत्री हुन एकदमै कोशिस गर्छौं, तपाईंहरुका सुझाबहरुलाई साथमा लिएर अघि बढ्छौं,” उनले भने-“कतिपय घटनाको परिपक्वता र पुष्ट्याइँका लागि लिने समय भन्दा अरु अवस्थामा ढिला हुँदैन, यो कुरा यहाँहरुले पक्कै बुझिदिनुहुन्छ ।”

May be an image of 4 people

नेपाल पत्रकार महासंघ बाँकका अध्यक्ष नवीन गिरीले प्रहरी-मिडिया सम्बन्ध आपसी विश्वास, सहकार्य र पारदर्शितामा आधारित हुने भन्दै गुण र दोषका आधारमा निष्पक्ष ढंगले ब्यवहार गरिने स्पष्ट पारे । उनले शीघ्र सूचना प्रणालीमार्फत घटनाहरुका बारेमा पत्रकारहरुलाई यथासमयमै सूचना प्रदान गर्न आग्रह गरे । अध्यक्ष गिरीले मानव अधिकार उल्लंघनका घटनामा कपिपय अवस्थमा प्रहरीले संयमता गुमाएको देखिएको भन्दै नागरिकमैत्री बन्न सुझाब दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातली लगायत अन्य प्रहरी अधिकृत तथा पत्रकारहरुको उपस्थिति थियो । त्यसक्रममा पत्रकारहरुले छिटो छरितो सूचना उपलब्ध गराउन आग्रह गरेका थिए । एसपी घर्ती मगर डेढ साता अघि जिल्ला प्रहरी प्रमुखमा सरुवा भएर आएका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x