१२ असार २०८३, शुक्रबार

एम्स प्रेसिडेन्ट पाकाे नेपालगन्ज आउने

एसीपी संवाददाता

४ जेष्ठ २०८२, शनिबार २२:३४ मा प्रकाशित

नेपालगन्ज
म्याराथन तथा राेडरेसकाे विश्वव्यापी सञ्जाल एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)का अध्यक्ष पाकाे बाेराओले नेपालगन्ज भ्रमण तालिका तय गरेका छन् । स्पेन निवासी पाकाे विश्वप्रसिद्ध भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्समा एक सय बीस देशका चार सय पचास बढी म्याराथन आबद्ध छन् ।
एम्सकाे बाेर्ड बैठक र नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्सका क्रममा यही जेठ १९ गते काठमाडौं उत्रन लागेका अध्यक्ष पाकाेले नेपालगन्ज भ्रमण गर्ने तालिका सुनिश्चित भएको नेपालका लागि एम्स दुत एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।
नेपालगन्ज म्याराथन नेपालबाट एम्सकाे पहिलो पुर्णकालीन सदस्य हाे ।
पश्चिम नेपालकाे प्रमुख सहर नेपालगन्जमा दस बर्षदेखि नियमित आयोजना हुँदै आएको म्याराथनकाे रुट हेर्ने र स्थानीय अगुवासँग पाकाेले अन्तरक्रिया गराउने तयारी गरिएको छ । यसका लागि निवर्तमान उपमेयर उमा थापालाई संयाेजक र प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्यलाई सहसंयाेजककाे जिम्मेवारी दिइएको छ । संसारमा निकै लाेकप्रिय मानिएको म्याराथन विधाकाे सर्वाेच्च निकायको प्रमुख नेपालगन्ज आउनु खुशीकाे खबर रहेको लुम्बिनी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्यसचिव भिम ओलीले बताए । अध्यक्ष पाकाेकाे भ्रमण फलदायी गराउने सवालमा शनिबार नेपालगन्जमा नागरिक स्तरबाट छलफल चलाइएको छ । नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले बाँके राष्ट्रिय निकुञ्ज भ्रमणदेखि मानसरोवर माउन्टेन फ्लाईट गराउने र स्थानीय कला संस्कृति देखाउन नाट्टाले सघाउने प्रतिबद्धता जनाए । त्यसैगरी प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले विद्यार्थीका लागि हाइप्राेफाइल व्यक्तित्वसँग अन्तरक्रिया गराउन ठूलो अवसर भएको बताउँदै नेपालगन्ज म्याराथनकाे अभियानमा साथसाथै अघि बढिरहने वाचा गरे ।
सुटिङका पुर्व अन्तर्राष्ट्रिय खेलाडी एवं प्रेस युनियनका पुर्व अध्यक्ष नरेन्द्र थापाले खेलाडीको सहरलाई एम्ससँग जाेड्न पाउनु गाैरवकाे बिषय भएको बताए । नेपालगन्जका उद्योगी सञ्जय अग्रवालले खेलकुदसँग उद्योगी व्यवसायीलाई जाेड्दै जानुपर्नेमा जाेड गरे । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x