३२ असार २०८३, बिहीबार

नागरिक संवाद कार्यक्रममा पत्रकार मंसूर इदरीसी सम्मानित

एसीपी संवाददाता

९ जेष्ठ २०८२, बिहीबार १६:०१ मा प्रकाशित

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरस्थित सीमा प्रहरी चौकीमा आयोजित नागरिक संवाद कार्यक्रममा पत्रकार मंसूर अली इदरीसीलाई सम्मान गरिएको छ।

सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार इदरीसीलाई समाजमा लुकेका तथा दबिएका आवाजहरूलाई उजागर गर्दै सम्बन्धित निकायसम्म पुर्याउन दिएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट,बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगर, सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी हेडक्वाटरका गणपति शोभाकान्त खनाल लगायत विभिन्न वडाध्यक्षहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले सञ्चारकर्मीहरू समाज परिवर्तनका संवाहक हुन् भन्दै पत्रकार इदरीसीले गरेको कार्य सराहनीय रहेको बताएका थिए। पत्रकार इदरीसी लिमरा खबरमा आवद्द छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x