३२ असार २०८३, बिहीबार
नेपालगञ्जको गौसिया मस्जिद बाहिर जुम्मा नमाजपछि “नजरे हुसैन, कोइ भी प्यासा न जाए” नारासहित पानी र शरबत वितरण
नुर मोहम्मद अन्सारी
नेपालगञ्ज, जेठ १० – नेपालगञ्जको गौसिया मस्जिद परिसरबाहिर आजको जुम्मा नमाजपछि विशेष मानवीय सेवाको कार्यक्रम आयोजना गरिएको छ। “नजरे हुसैन, कोइ भी प्यासा न जाए” भन्ने मूल नारासहित स्थानीय युवाहरूको पहलमा तीव्र गर्मीका बीच सर्वसाधारणका लागि निःशुल्क पानी र शरबत वितरण गरिएको हो।
गर्मीको कारण सडकमा हिँड्ने आम मानिसहरू प्यासले हैरान भइरहेका बेला धार्मिक भावना र सामाजिक उत्तरदायित्वको समिश्रण स्वरूप यो कार्यक्रम गरिएको आयोजकहरूले बताएका छन्।
कार्यक्रमले धार्मिक सद्भाव, सेवा र सहयोगको सन्देश दिने उद्देश्य राखेको छ। सहभागीहरूका अनुसार यस्तो सेवा अभियानले समुदायमा आपसी सद्भाव र एकताको भावना बलियो बनाउने विश्वास गरिएको छ।
स्थानीयहरूले कार्यक्रमको सराहना गर्दै भविष्यमा यस्ता कार्यहरूलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
Subscribe
Login
0 Comments



